१०८ वर्षिय कुमालको निशूल्क उपचार

Publish Date: 2017-08-08

झापा जिल्ला दमक नगरपालीका हाल वडा नं. ५ निवासी १०८ वर्षिय श्री कट्टे कुमाललार्इ आम्दा अस्पताल, दमकले निशुल्क उपचार गरेको छ । रूघा, खोकी र दम रोगले ग्रसित कुमाललार्इ २०७४ श्रावण १७ गते आम्दा अस्पताल, दमकमा भर्ना गरिएको थियो । उपचारमा सलग्न चिकित्सक डा. दिवश राज वोहोराका (जनरल फिजिसियन) अनुसार  शूरूका अवस्थामा मुटुमा समेत समस्या देखिएका निजको स्वास्थ्यमा क्रमिक सुधार भर्इरहेको र ल्याव परिक्षण रिपोर्टमा कुनै खरावी नदेखिएपछि २०७४ श्रावण २३ गते डिस्चार्ज गरिएको थियो । निजको उपचारमा लागेको औषधी वाहेकका अन्य सम्पुर्ण खर्चहरू अस्पतालले मिनाहा गरेको छ ।