स्वागत सम्मान तथा विधार्इ कार्यक्रम सम्पन्न

Publish Date: 2017-09-05

१. अवकास प्राप्त कर्मचारीहरूको विधार्इ तथा सम्मान कार्यक्रम 

आम्दा अस्पताल, दमकका मिति १ फेव्रुअरी १९९९ मा सेवा प्रवेश गरि मिति २४ जनवरी २०१६ मा अवकास हुनु भएका वरिष्ठ सहायक (अप्थाल्मोलोजी) पदमा कार्यरत श्री हर्क प्रसाद रार्इ  मिति १८ फेव्रुअरी १९९४ मा सेवा प्रवेश गरि २६ जुन २०१७ मा अवकाश हुनु भएका बरिष्ठ सहायक (सि.अ.न.मी.) पदमा कार्यरत श्री मिना घिसिड. ६० वर्षे उमेरहदका कारण स्वत अवकाश हुनु भएको हुँदा उहाँहरूले अस्पतालको स्वास्थ्य सेवामा पु-र्याउनु भएको योगदानको उच्च सम्मान गर्दै मिति २०७४ भाद्र १९ गते एक कार्यक्रम योजना गरि निजहरूलार्इ दोसल्ला अोडार्इ कदरपत्र सहित ससम्मान गरियो । उक्त कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा नविन ढकालले निजको सुस्वास्थ्यको साथै उत्तरोत्तर प्रगतीको कामना सहित अस्पतालले साँच्चै नै असल र इमान्दारसाथ कर्मचारी गुमाएको कुरा व्यक्त गर्नुभयो । 

 २. स्थानिय व्यवस्थापन समितिका सदस्यहरूलार्इ स्वागत/सम्मान तथा विधार्इ कार्यक्रम  

आम्दा अस्पताल स्थानिय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यको स्वागत/सम्मान तथा विधार्इ कार्यक्रम मिति २०७४।०५।१९ गते एक कार्यक्रमका साथ सम्पन्न गरियो ।  उक्त कार्यक्रम दमक नगरपालीकाका मेयर श्री रोमनाथ ऒलीको अध्यक्षता रहेको थियो । उक्त कार्यक्रममा दमक नगरपालीकाका उपमेयर श्री गिता अधिकारी, कार्यकारी अधिकृत श्री यूवराज दाहालको उपस्थिति रहेको थियो । दमक नगरपालीकाका मेयर तथा आम्दा अस्पताल स्थानिय व्यवस्थापन समितिका अध्यक्ष श्री रोमनाथ ऒलीले आम्दा अस्पतालले प्रदान गरेको सेवाको चर्चा गर्दै यसको बिकास र विस्तार गर्न आवश्यक भएकोले सोका लागि दमक नगरपालीका सवैद सकारात्मक रहेको विचार व्यक्त गर्नुभयो । 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट श्री डा. नविन ढकालले अस्पालको शुरूवाती अवस्थादेखिको हालसम्म अस्पतालले गरेको प्रगतिको बारेमा चर्चा गर्नुभयो । उहाँले चालु वर्षमा अस्पतालबाट दिने स्वास्थ्य सेवाहरूमा विशेषिकृत गर्दै नयाँ सेवाहरू नवजात शिषु स्याहार केन्द्र (NICU), Dialysis serviceल्याब सेवा लगायतको स्तर तथा शैया बृद्धि गरिने भनाइ व्यक्त गर्नुभयो ।

त्यसैगरि कार्यक्रममा निवर्तमान समितिका सदस्य श्री सुमित्रा प्रसार्इले अस्पतालको स्थापनाको समयमा अस्पतालका निमित्त जग्गा प्राप्तिका लागि आफुले सक्रिय भुमिका निर्वाह गरि अस्पतालमा योगदान रहेकाले स्मरण गराउदै यसको सम्रग विकास र विस्तारका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पुर्ण सहयोग र समर्थन रहने भनार्इ व्यक्त गर्नुभयो ।

अन्तमा दमक नगरपालीकाका उपमेयर तथा आम्दा अस्पताल स्थानिय व्यवस्थापन समितिका सदस्य श्री गिता अधिकारीले दमक नगरवासीका लागि अस्पतालले उपलव्ध गराएको सेवाको उच्च प्रशम्सा गर्दै यसको स्तरोन्नतिका लागि दमक वासीहरूले सम्वन्धित निकायमा विषेश पहल गर्नुपर्ने र अस्पतालको दिगो विकासका लागि सम्पुर्ण कर्मचारीहरू एकजुट भएर र्इमान्दारका साथ काम गर्न आग्रह गर्दै कार्यक्रममा सहभागी सवै महानुभावहरूलार्इ धन्यवादका साथ कार्यक्रम समापन भएको घोषणा गर्नुभयो ।


 

धन्यवाद ।