Published Date: Jan 20, 2020
Expiry Date: Feb 03, 2020

मितिः २०७६।१०।०६
साप्ताहिक समाचार

१. मुल्याङ्कन समितिको निरिक्षण

आम्दा नेपाल र यु.एन.एच.सि.आर बीच भुटानी शरणार्थीहरूका लागि स्वास्थ्य सेवा परियोजनाको सन् २०१९ मा संचालित कार्यक्रमको मुल्याङ्कन गर्न समाज कल्याण परिषद्बाट गठित (कपिल पोखरेल (विज्ञ), एन्तोष प्रधान (प्रतिनिधि, गृह मन्त्रालय) र केशब चालिसे (प्रतिनिधि, समाज कल्याण परिषद्ण) मुल्याङ्कन समितिले मिति २०७६।१०।०२ देखि २०७६।१०।०४ सम्म परियोजना सम्बद्ध कार्यक्रमहरूको मुल्याङ्कन सम्पन्न भयो । उक्त समितिलार्इ आवश्यक समन्वय तथा सहजता गर्न आम्दा नेपाल केन्द्रीय कार्यालयबाट बरिष्ठ अधिकृत अच्युत सापकोटाको समेत सहभागिता रहेको थियो ।

२. स्तन तथा पाठेघरको मुख क्यानसर परीक्षण शिबिर

आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिकाको संयोजनमा मिति २०७६ माघ ४ गते नगरपालिका क्षेत्रका जनसमुदायहरूलार्इ लाभान्वित हुनेगरि स्तन तथा पाठेघरको मुख क्यानसर परीक्षण शिबिर सम्पन्न भयो । उक्त शिविरको उद्घाट गोकर्णेश्वरका प्रमुख श्री सन्तोष चालिसेबाट सुसम्पन्न भयो । उक्त शिविरमा नगरपालिकाका उपप्रमुख, नगरपालिकाका प्रतिनिधि लगायत आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दास, आम्दा नेपालका अन्य प्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो । उक्त शिविरमा १११ जनाको नाम दर्ता भएकोमा १४ जना विशेषज्ञ चिकित्स तथा स्वास्थ्यकर्मी तथा स्वमंसेवकहरूबाट नाम दर्ता गराएका मध्ये ५७ जना जनसमुदायहरू लाभग्राही हुनुभएको छ । शिविर मार्फत बाँकी रहेका जनसमुदायलार्इ समेत समेट्दै निरन्तर संचालन गर्दै जाने व्यवस्था आम्दा नेपालले मिलाएको व्यहोरा जानकारी गरियो ।

३. CPAC Meeting

AMDA MINDS को आयोजनामा AMDA MINDS अन्तर्गत संचालित आम्दा मातृ शिशु परियोजनाको केन्द्रीयस्तरको CPAC Meeting समाज कल्याण परिष्दमा मिति २०७६।०९।२८ (१३ जनावरी २०२०) मा सम्पन्न भयो । उक्त बैठकमा विभिन्न मन्त्रालयहरूका प्रतिनिधिहरू, आम्दा माइण्डसका Country Director तथा प्रतिनिधीहरू र आम्दा नेपालका प्रतिधिहरूको सहभागिता रहेको थियो ।

४. कार्यकारिणी समिति बैठक सम्पन्न

आम्दा नेपाल कार्यकारिणी समितिका अध्यक्ष डा. अनिल कुमार दासको अध्यक्षतामा मिति २०७६।१०।०४ गते विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरि सम्पन्न भयो ।
धन्यबाद ।

AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map