Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2020-07-27
Expiry Date: 2020-08-03

AMDA Nepal
MCH Poject, Dang
मुख्य गतिविधिहरु :-
स्वास्थ्य आमा समूहको बैठकमा सहजीकरण 
आम्दा नेपालका सामुदायिक स्वास्थ्य परिचालकहरुद्वारा गढवा गाउँपालिका अन्तर्गत विभिन्न स्थानका स्वास्थ्य आमा समुहहरुको बैठक तथा छलफलमा प्राबिधिक सहयोग गरेका छन् । परियोजना द्वारा स्वास्थ आमा समुहाका प्रत्यक सदस्य हरुलाई मास्क तथा प्रत्येक समूह लाइ सेनिटाइजर वितरण गरिएको थियो ।  कोभिड १९ को महामारी भैरहेको बेलामा सुत्केरी महिला र नवजात शिशु बिशेष जोखिममा हुने भएकोले सामुदायिक परिचालकहरु द्वारा आमा समूहको भेला गरि व्यक्तिगत सरसफाई तथा नवजात शिशुको स्याहार सम्बन्धि स्वास्थ्य शिक्षा दिईएको थियो ।  प्रत्यक सदस्यहरुले मास्क तथा स्यानिटाइजरको प्रयोग र शारीरिक दुरी कायम गर्दै छलफल संचालन भएको थियो भने कोभिड १९ लगायतका अन्य सरुवा रोगको रोकथाम सम्बन्धि छलफल गरि साबुनपानीले हात धुने तथा सेनिटाइजर को प्रयोग सम्बन्धि प्रदर्शनी गरिएको थियो
 



सामुदायिक  स्वास्थ्य इकाई भवन निर्माण कार्य
गढवा गाउँपालिका दांग, आम्दा नेपाल तथा आम्दा माइन्ड्स जापानको समन्वय र सहकार्यमा गाउँपालिकाको  वडा नम्बर १ कलाकाटेमा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण कार्य निरन्तर अगाडी बढिरहेको छ । निर्माण कार्यमा वडा अध्यक्ष तथा स्थानियहरुद्वारा आबस्यक समन्वय तथा सहयोग भैरहेको छ भने आम्दा माइन्ड्सका Construction Supervisor नबिन अधिकारि र MCH Project का प्रबन्धक राजेन्द्र रुचाल द्वारा उक्त निर्माण कार्यको निरन्तर अनुगमन तथा सुपरिबेक्षण भैरहेको छ ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.