MCH Poject, Dang
स्वास्थ्य आमा समूहको बैठकमा सहजीकरण

गत हप्ता आम्दा नेपालका सामुदायिक स्वास्थ्य परिचालकहरुद्वारा गढवा गाउँपालिका अन्तर्गत विभिन्न स्थान का स्वास्थ्य आमा समुहहरुको बैठक तथा छलफलमा प्राबिधिक सहयोग गरेका छन् । परियोजना द्वारा स्वास्थ आमा समुहाका प्रत्यक सदस्य हरुलाई मास्क तथा प्रत्येक समूह लाइ सेनिटाइजर वितरण गरिएको थियो । कोभिड १९ को महामारी भैरहेको बेलामा सुत्केरी महिला र नवजात शिशु बिशेष जोखिममा हुने भएकोले सामुदायिक परिचालकहरु द्वारा आमा समूहको भेला गरि व्यक्तिगत सरसफाई तथा नवजात शिशुको स्याहार सम्बन्धि स्वास्थ्य शिक्षा दिईएको थियो ।
खोप क्लिनिक तथा गाउँ घर क्लिनिकमा आम्दा नेपालको प्राबिधिक सहयोग

गत हप्ता आम्दा नेपालका सामुदायिक परिचालकद्वारा गढवा गाउँपालिको चार वटा स्वास्थ्य चौकी अन्तर्गतका विभिन्न ठाउमा संचालित गाउँघर क्लिनिक तथा खोप क्लिनिकको सेवा प्रबाहमा प्राबिधिक सहयोग तथा सेवाग्राही लाइ आबस्यक स्वास्थ्य शिक्षा प्रदान गर्नु भएको थियो ।
विश्व स्तनपान सप्ताह २०२०

गढवा गाउँपालिका संगको समन्वयमा आम्दा नेपाल द्वारा विश्व स्तनपान सप्ताह (2020 August 1-7) अवसर पारि स्तनपान सम्बन्धि समुदाय स्तरीय कार्यक्रम को शुरुवात गरेको छ । स्वास्थ्य र सुन्दर संसार, स्तनपान एकमात्र आधार भन्ने मूल नाराका साथ गत हप्ता कोइलाबासको मुशिनाका र कोइलाबास स्वास्थ्य चौकीमा गर्भवती महिला तथा २ बर्ष मुनिका बाल बालिका को आमा हरुलाई सामाजिक दुरी कायम गर्दै स्तनपान सम्बन्धि स्वास्थ्य शिक्षा दिइयो र साथै व्यतिगत सरसफाई बारे पनि जानकारी गराइयो