Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2019-08-19
Expiry Date: 2019-08-25

आम्दा अस्पताल
दमक, झापा l
मिति: २०७६\०५\०२
मुख्य गतिविधिहरु:
 
१. आम्दा अस्पताल, दमकको आ.व. २०७५\०७६ को बजेट आम्दा नेपालबाट संशोधन सहित अनुमोदन/स्वीकृत भई प्राप्त भएको छ ।
२. आम्दा नेपालको सफ्टवेयर १ श्रावण २०७६ देखि काउन्टरमा बिलिड.का लागि प्रयोगमा ल्याईएको छ । अन्य विभागहरूमा क्रमश प्रयोग गरिदै लगिनेछ ।
३. अस्पतालको प्रयोगशालालाई स्थानान्तरण गरि क्षेत्र विस्तारका साथ व्यवस्थित र सेवाग्राहीहरूलाई सहज तवरले सेवा प्रवाह गरिदै आएको छ ।
४. आम्दा अस्पताल, दमकले आ.व २०७६\०७७ का लागि आवश्यक वस्तु तथा सेवाहरू खरिद लागि मिति २०७६ श्रावण १९ गते आइतवारका दिन राष्ट्रिय दैनिक कान्तिपुर (प्रदेश संस्करण १) मा १५ दिने वोलपत्र आव्हान सम्वन्धि सूचना प्रकाशित गरिएको छ ।
५. आम्दा अस्पतालको आ.व २०७६\०७७ को वार्षिक वजेट, निति तथा कार्यक्रममा विनियोजित रकमबाट अस्पताललाई आवश्यक मेडिकल उपकरणहरू खरिदका लागि १९ श्रावण २०७६ गते राष्ट्रिय दैनिक पत्रिकामा वोलपत्र आवहान सम्वन्धि १५ दिने सूचना प्रकाशित गरिएको छ ।
६. मिति २०७६ श्रावण ३१ का दिन आम्दा अस्पतालको आन्तरीक व्यवस्थापन समितिको बैठक समितिका अध्यक्ष डा. नविन ढकालको अध्यक्षतामा सम्पन्न भएको छ ।
७. आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ४६ सिट क्षमता भएको बस (टाटा मार्कोपोलो) खरिद अनुमोदनका लागि सिफारिश गर्ने निर्णय भएको छ ।
८. आम्दा अस्पतालमा २० वटा शैया थप गर्ने र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य चिकित्सा (दोस्रो वर्ष) कार्यक्रम थप भएकोले सोका लागि आवश्यक जनशक्ति माग गर्ने निर्णय गरिएको छ ।
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.