Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2019-06-09
Expiry Date: 2019-06-15

मिति: २०७६/०२/२६
 
गत हप्ताका गतिविधिहरूः

१. आपतकालीन स्वास्थ्य व्यवस्थापन तालीम
स्वास्थ्य निर्देशनालय, प्रदेश नं. १ धनकुटाले मिति २०७६।०२।२५ र २६ गते विराटनगरमा सञ्चालन गरिएको २ दिने प्रदेश स्तरीय आपतकालीन स्वास्थ्य व्यवस्थापन सम्वन्धि तालीममा आम्दा अस्पताल, दमकबाट मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकाल र कन्सल्टेन्ट डा. शिखर कट्टेल सहभागी रहनु भयो ।

२. अभिमुखीकरण गोष्ठी
दमक नगरपालीका र वि.एन.एम.टि.नेपालको सहकार्यमा मिति २०७६।०२।२६ गते दमक नगरपालीकामा आयोजना गरिएको १ दिने क्षयरोग सम्वन्धि अभिमुखिकरण गोष्ठीमा आम्दा अस्पतालवाट जनरल फिजिसियन डा. दिवश राज वोहोरा सहभागी रहनु भयो ।

३. HMIS तालीम
मिति २०७६।०२।२३ गते स्वास्थ्य कार्यालय, झापाले आयोजना गरिएको Health Management Information system (HMIS) तालीममा अस्पतालवाट सिनियर स्टाफनर्स श्री पार्वती श्रेष्ठको सहभागीता रहेको थियो ।

४. निशुल्क स्वास्थ्य शिविर
दमक नगरपालीका वडा नं. ६ को आयोजनमा मिति २०७६।२।२३ गते सञ्चालन भएको १ दिने निशुल्क स्वास्थ्य शिविरमा आम्दा अस्पताल, दमकबाट स्त्रीरोग विशेषज्ञ डा. राजु प्रसाद शाहले प्रतिनिधित्व गर्नुभयो ।

५. सरसफाई कार्यक्रम सम्पन्न
साप्ताहिक सरसफाई अभियान अन्तर्गत मिति २०७६।०२।२२ गते आम्दा अस्पताल परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गरियो ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.