आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०८।०४ गते
(अवधि वि.सं. २०८०।०७।२७ देखि २०८०।०८।०३ सम्म । ई.सं. २०२३, ४७ औं हप्ता)
आम्दा अस्पताल, दमक २ मा Registration-Desk संचालन को लागी व्यवस्थित हुने गरि भवन निर्माण कार्य सुरू भएको छ । उक्त भवन निर्माण कार्यको ८०% कार्य सम्पन्न भएको छ । उक्त भबन निर्माण सम्पन्न पश्चात Registration-Desk-Billing Counter बाट OPD Ticket, स्वास्थ्य बिमा OPD पुर्जा, रेफेर Scanning, Doctors Prescription Scanning, Discharge Paper Scanning, QR Payment System समेत हुने साथै २४ सै घण्टा एउटै ठाउँ बाट सेवा दिने लक्ष्य लिईएको छ l
२. Doctor को नियुक्ति गरिएको बारे ।
यस आम्दा अस्पताल, दमकमा करारमा कर्मचारी आवस्यकता भएको हुनाले उक्त पदहरुमा कर्मचारी नियुक्ति गरिएको छ l नियुक्तिमा ६ जना staff Nurse र १ जना Medical Officer नियुक्ति भएका छन् l