Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2020-07-27
Expiry Date: 2020-08-02

मिति: २०२०/०७/२७
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l

मुख्य गतिविधिहरु (३१ हप्ता):

स्वागत तथा सम्मान कार्यक्रमः
०८ श्रावण २०७७ गते आम्दा अस्पताल स्थानिय व्यवस्थापन समितिका अध्यक्ष तथा दमक नगरप्रमुख श्री रोमनाथ ऒलीज्यूको अध्यक्षातामा स्वागत तथा सम्मान कार्यक्रम औपचारीक रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा निवर्तमान मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकाललाई अस्पतालको पुर्वाधार विकास तथा सेवा विस्तारमा पुरयाउनु भएको योगदानको उच्च कदर तथा सम्मान र नव नियुक्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश शर्मालाई स्वागत  तथा कार्यकाल सफलताको शुभकामना प्रदान गरियो । उक्त कार्यक्रममा दमक नगरपालीकाका उपप्रमुख श्री गिता अधिकारी, दमक उद्दोग वाणिज्य संघका अध्यक्ष श्री गोकुल श्रेष्ठ, ईलाका प्रशासन कार्यालय, दमकका प्रमुख श्री कृष्ण प्रसाद आचार्य, ईलाका प्रहरी कार्यालय, दमकका प्रमुख श्री विजयराज पण्डित, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका प्रमुख श्री प्रकाश बुढाथोकी, वडा नं. २ का वडाध्यक्ष श्री प्रजापती सापकोटा लगाएत पत्रकारका महासघ दमकका निवर्तमान अध्यक्ष तथा गोरखापत्र दैनिकका स्थानिय सम्वादाता श्री विष्णु पोख्रेलको उपस्थिति रहेको थियो । कार्यक्रममा दमक नगरप्रमुख तथा समितिका अध्यक्ष ऒलीले हाल आम्दा अस्तालसंगको सहकार्य र सम्वन्ध आगामी दिनहरूमा पनि निरन्तर कायम रहने र यसको पूर्वाधार विकास र सेवा विस्तारका निमित्त दमक नगरपालीका प्रदेश र केन्द्र सरकारसंग सहयोगका लागि पहल गर्ने प्रतिवद्दता प्रकट गर्नु भएको थियो ।
 
   

 बैठक सम्पन्नः
आम्दा अस्पताल स्थानिय व्यवस्थापन समितिका अध्यक्ष तथा दमक नगरपालीकाका प्रमुख  तथा श्री रोमनाथ ऒलीज्यूको अध्यक्षातामा ८ श्रावण २०७७ गते आम्दा अस्पताल स्थानिय व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.