Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2021-12-26
Expiry Date: 2022-01-09

 
मितिः २०७८/०९/११
 
 
प्रवेश परीक्षाको नतिजा र विद्यार्थी भर्ना सम्वन्धी सूचना 
 
यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको शैक्षिक सत्र २०७८/०७९ को लागि प्रविणता प्रमाणपत्र तह नर्सिङ्ग कार्यक्रममा  मिति २०७८ मंसिर २८ गते सम्म प्रवेश परीक्षा फाराम भर्ने मध्ये सफल हुनु भएका विद्यार्थीहरु योग्यता क्रमका आधारमा नर्सिङ्ग कार्यक्रमको Merit List तर्फका सि. न. १, लक्षित वर्ग तर्फका सि.नं. १ देखि ४, Male Quota तर्फका सि. न. १ देखि २, TSLC Quota तर्फका सि. न. १ देखि ४ र पुर्ण शुल्कीय तर्फका सि. न. १ देखि २६ सम्मका विद्यार्थीहरुको भर्ना यही मिति २०७८/०९/११ गते देखि २०७८/०९/२६ गते सम्म कार्यालय समय भित्रमा प्रशासन शाखावाट तोकिएको भर्ना अनुमती पास लिई भर्ना शूल्क वापतको रकम सिद्धार्थ वैंक, दमकमा रहेको AMDA Nepal (AIHS) खाता. नं.  00715113002 मा जम्मा गरी वैंक भौचरको सक्कल अर्धकट्टी सोही दिन कार्यालय समय भित्र (प्रशासन शाखामा) वुझाई भर्ना भई सक्नुपर्नेछ ।
 
तोकिएको म्याद भित्र विद्यार्थीहरू भर्ना हुन नआइ कोटा रिक्त रहन गएमा बैकल्पिक उम्मेदवारहरूले मिति २०७८/१०/०३ गते भित्र योग्यता क्रममा रहेका विद्यार्थीहरुले भर्ना हुन सक्ने र उक्त समय अवधि भित्र भर्ना नभएमा दोस्रो सूचना प्रकाशित गरी प्रतिक्षा सुचिमा रहेका विद्यार्थीहरुलाई योग्यता क्रमकै आधारमा भर्ना लिईने व्यहोरा सम्वन्धीत सवैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।
 
भर्नाको लागि आवश्यक कागजातहरुः
१. एस.एल.सी./एस.इ.इ को लव्धांक प्रमाणपत्रको प्रतिलिपी.................... २ थान
२. चारित्रिक प्रमाणपत्रको प्रतिलिपी.....................................................२ थान
३. नेपाली नागरिकता/जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी........................२ थान
४. पासपोर्ट साईजको फोटो............................................................... ६ थान
५. निरोगिताको प्रमाणपत्रको प्रतिलिपि..................................................१ थान
 
  
शैक्षिक प्रशासन शाखा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा 

CTEVT Nursing Result

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.