Community Service Program
Published Date: 2020-11-09
Expiry Date: 2020-12-03

मितिः २०७७/०७/२४
 
परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना
 
यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत प्रविणता प्रमाणपत्र तह नर्सिङ र सामान्य चिकित्सा कार्यक्रमको प्रथम, दोश्रो र तेश्रो वर्षका नियमित तथा आंशिक विद्यार्थीहरूको वार्षिक परीक्षाको निमित्त २०७७ मंसिर १० गते भित्रमा नियमित शुल्क र सो समय भन्दा पछि परीक्षा आवेदन फाराम भर्ने परीक्षार्थीहरूले प्रति आवेदन नियमित शुल्कको दोव्वर दस्तुर बुझार्इ २०७७ मंसिर १८ गते भित्रमा अविलम्ब परीक्षा आवेदन फाराम भर्नका लागि सम्बन्धीत सवै परीक्षार्थीहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
नियमित तर्फका परीक्षार्थीहरूले बाँकी रहेको सम्पूर्ण  शुल्क बुझाएपछि मात्र परीक्षा आवेदन फाराम भर्न पार्इने छ ।
तोकिएको अवधि भित्र परीक्षा आवेदन फाराम नवुझार्इ परीक्षामा सामेल हुन नपार्इएमा प्रतिष्ठान जवाफदेही नहुने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ ।
परीक्षा शुल्कः
नियमित तर्फः परीक्षा आवेदन फाराम शुल्क रू. २५००/- (अक्षरेपी रू. दुर्इ हजार पाँच सय मात्र ) लाग्नेछ ।
आंशिक तर्फः परीक्षा आवेदन फाराम शुल्क रू. ३००/- र थप प्रति विषय रू. १५०/- का दरले लाग्नेछ ।
जेहेन्दार तथा वर्गिकृत छात्रवृत्ति प्राप्त परीक्षार्थीहरूलार्इ परीक्षा शुल्क लाग्ने छैन ।
 
 
प्रशासन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक ।
नोटः
हालसालै खिचिएको एकै प्रकारको रंगिन फोटो - २ (३५x४५) प्रति ।
Attachments#
S.N. Caption Action
1 (0) KB Download

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.