आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८२।१२।२९, आइतवार
अवधिः
वि.सं २०८२।१२।२२ देखि वि.सं.२०८२।१२।२८ गते सम्म
साप्ताहिक
अंक: १५/२०२६
१. निर्माण स्विकृति ।
बुटवल
उपमहानगरपालिकाको जम्मा रू. २७,२७,७३३।९७ सहयोगमा आम्दा स्वास्थ्य विज्ञान
प्रतिष्ठान भवनको छतमा ट्रश निर्माणको
लागी प्रतिष्ठानले जम्मा रू. २,७२,७७३।०० आंशिक खर्च व्यहोर्न वि.सं. २०८२।१२।२५
गते सहमति प्रदान गरिएको छ ।
२. सुरक्षा एवं सरसफाइ सेवाको लागी दरभाउ प्रस्ताव
आव्ह्रान ।
आम्दा
नेपालको केन्द्रिय कार्यालयको सुरक्षा
एवं सरसफाइ सम्वन्धि कामको लागी तेश्रो पक्षबाट आवश्यक जनशक्ति परिचालन गर्न
वि.सं. २०८२।१२।२५ गते दरभाउ प्रस्ताव आव्ह्रान गरिएको छ ।
३. जिम्मेवारी परिवर्तन ।
आम्दा
नेपालको केन्द्रिय कार्यालयको भण्डार शाखाको जिम्मेवारी वि.सं. २०८२।१२।२८ गते
देखी परिवर्तन गरिएको छ ।
४. परियोजना समाप्ती
आम्दा नेपाल
र UNHCR
विच सम्पन्न संझौताको अधिनमा सञ्चालन हुदै आएको भुटानी शरणार्थी
सहायता परियोजनाको अवधि सन् २०२५ पछि अन्त भएकोमा अन्तिम प्रतिवेदन वि.सं.
२०८२।१२।२७ गते पेश गरिएको छ ।
५. नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८२।१२।२९ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
बार्षिक कार्यसुची
अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।
|
क्र. सं. |
कामको विवरण
तथा निर्णयको सारांश |
|
१ |
विमा
-
विमा नीति संशोधनका लागी आवश्यक
छलफल गर्ने -
विमा कार्यविधि अध्यावधिक
गर्ने । -
विमालेखको विवरण तयार गरी अध्यावधिक
गर्ने -
पछिल्लो अवधिमा भएको बिमा दाबी र
फस्र्यौट अवस्था रूजु गर्ने र विवरण तयार गर्ने |
