Gokarneshwar-6, Jorpati, Kathmandu, Nepal Tel: +977-1-4910235, 4911140

Published Date: 2083-02-10
Expiry Date: 2083-02-16

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८३।०२।१०, आइतवार

अवधिः वि.सं २०८३।०१।०३ देखि वि.सं.२०८३।०२।०९ गते सम्म

साप्ताहिक अंक: २१/२०२६

१.           सुरक्षा तथा सरसफाइ व्यवस्थापन ।

केन्द्रिय कार्यालयको सुरक्षा तथा सरसफाइ व्यवस्थापनका लागी वि.सं.२०८३।०१।३० गते आम्दा नेपाल र चेन अफ कमाण्ड सेक्युरिटिज प्रा.लि. विच सम्पन्न संझौता नं. ११६०९ अनुरूप वि.सं. २०८३।०२।०६ गते देखी तेश्रो पक्षबाट खटिइ आएका सुरक्षा तथा सरसफाइ कर्मचारीहरूलाइ अभिमुखिकरणको साथै काममा परिचालन गरिएको छ । नयाँ व्यवस्था पछि दैनिक ज्यालादारी एवं अन्य श्रोतबाट खटिएका सुरक्षाकर्मीहरूलाइ विदाइ गरिएको छ ।

२.           राजीनामा स्विकृतिको अख्तियारी ।

आम्दा नेपालको कर्मचारी अभिलेख प्रणालीलाइ व्यवस्थित गर्ने प्रयोजनको लागी, सम्वन्धित कार्यालयको सिफारिशको आधारमा कर्मचारीहरूको राजीनामा स्विकृति केन्द्रिय कार्यालयबाट हुदै आएकोमा, अव उप्रान्त अर्को व्यवस्था नहुन्जेल सम्म रितपूर्वक प्राप्त राजीनामापत्र रुजु गरी प्रचलित नियमानुसार बरबुझारथ गराइ, अवकाश विवरण समेत तयार गरी सवन्धित कार्यालयस्तरबाटै राजीमाना स्विकृत गर्ने अख्तियारी वि.सं. २०८३।०२।०५ गते कायम गरिएको छ ।

३.           शिलवन्दी दरभाउ प्रस्ताव आव्ह्रानको सुचना

शिमाजु डेन्टल क्लिनिकको प्रयोजनको लागी कार्पेट खरिद गर्न वि.सं. २०८३।०२।०५ गते सुचना नं. ११६१७, जेनेरेटर मर्मतको लागी सुचना नं. ११६१६, ग्राउण्ड फ्लोरमा टायल लगाउन सुचना नं. ११५१५ र डेन्टल चेयर मर्मतको लागी सुचना नं. ११५१४  प्रकाशन भएको छ ।

४.           आपूर्तिकर्ता छनौट

शिमाजु डेन्टल क्लिनिकको प्रयोजनको औषधि तथा औषधिजन्य सरसामान खरिदको लागी प्रकाशित सुचना नं. ११५८५ वमोजिम सारभुतरूपमा योग्य आपूर्तिकर्ता छनौट गरि सुचना नं. ११६०८ प्रकाशन गरिएको छ ।

५.           गुनासो छानविन ।

तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको च.नं. ८४५ को पत्रसाथ वि.सं. २०८३।०२।०५ गते सि.बा.म. अस्पतालको बारेमा गुनासो प्राप्त भएकोमा छानविन प्रारम्भ गरिएको छ ।

६.           खरिद स्विकृति ।

सि.बा.म. अस्पतालको प्रस्ताव वमोजिम नयाँ सर्भर खरिदका लागी रकमान्तर सहित वि.सं. २०८३।०२।०६ गते खरिद स्विकृति प्रदान गरिएको छ ।  

७.           कार्यालय समय निर्धारण ।

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलको प्रस्ताव वमोजिम शनिवार र आइतवार सप्ताअन्त विदा हुने गरी वि.सं. २०८३।०२।०५ गते कार्यालय समय निर्धारण गरिएको छ ।

८.           नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८३।०२।१० गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

आन्तरिक व्यवस्थापन

-       आन्तरिक व्यवस्थापन समिति गठन व्यवस्था रूजु गर्ने ।

-       आन्तरिक व्यवस्थापन समितिका सदस्यहरूको विवरण अध्यावधिक गर्ने र इमेल डोमेनमा समेत अध्यावधिक गर्ने ।

-       आन्तरिक व्यवस्थापन निर्देशिकाको तीन महले अध्ययन गर्ने ।

-       आन्तरिक व्यवस्थापन समिति अन्तरगतका उप समितिहरूको गठन तथा विवरण अध्यावधिक गर्ने ।

-       आन्तरिक व्यवस्थापन समिति बैठकका निर्णयहरूको कार्यान्वयन अवस्था रूजु गर्ने ।

-       आन्तरिक व्यवस्थापन समिति मार्फत सामाजिक परिक्षणको व्यवस्था मिलाउने ।

आर्थिक समिक्षा र बजेट

-       र्इकाइगत आर्थिक कारोवारको विवेचनात्मक अध्ययन गरी विवरण तयार गर्ने

-       तोकिएको लक्ष्यको विवेचना र आवश्यकता अनुसार लक्ष्य संशोधनका लागी आवश्यक व्यवस्था गर्ने

-       तोकिएको लक्ष हासिल नहुने अवस्था आइपरेमा कारण सहित नोट तयार गर्ने

-       कार्यक्रम इकाइबाट प्राप्त प्रस्तावहरूको प्राथमिकता छुट्टाइ वजेट विनियोजन गर्ने

-       वजेट कार्यान्वयन स्थिति समिक्षा गर्ने

-       रकमान्तर गर्नु परेमा प्रस्ताव तयार गर्ने

व्यवस्थापन कार्यशाला

-       व्यवस्थापन कार्यशालाको एजेण्डा तयार गर्ने ।

-       व्यवस्थापन कार्यशालाको मिति, स्थान, सहभागी तय गर्ने ।

सामाजिक परिक्षण तथा समन्वय

-       सामुदायिक सेवा सञ्चालन कार्यविधि अध्यावधिक गर्ने ।

-       स्थानिय दाताहरूसँग समन्वय बैठक गर्ने ।

-       स्थानिय दातालाइ सम्मान कार्यक्रम आयोजना गर्ने ।

-       सेवा विस्तार एवं सुदृढिकरणमा अपुग श्रोतको वारेमा प्रस्तुति गर्ने ।

-       समुदायस्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।

-       समुदायमा क्रियाशिल संघ/संस्थासँग समन्वय बैठक सञ्चालन गर्ने ।

-       स्थानिय सरकारसँग समन्वय गरी सामुदायिक सेवामा योगदान गर्ने

 

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//