आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८३।०२।२४, आइतवार
अवधिः वि.सं
२०८३।०१।१७ देखि वि.सं.२०८३।०२।२३ गते सम्म
साप्ताहिक
अंक: २३/२०२६
१.
कार्यकारिणी समितिको बैठक सम्पन्न
आम्दा
नेपालका अध्यक्ष डा. रोहित कुमार पोखरेलको अध्यक्षतामा कार्यकारिणी समितिको आठौं
बैठक वि.सं. २०८३।०२।२० गते बुधवार सम्पन्न भएको छ ।
२.
आम्दा नेपालको ६८ औं साधारण सभा
सम्पन्न ।
आम्दा
नेपालको ६८ औं साधारण सभा वि.सं. २०८३।०२।२३ गते डा. रोहित कुमार पोखरेलको
अध्यक्षतामा सम्पन्न भएको छ । यस साधारण सभाले आर्थिक वर्ष २०८३/८४ का लागी आम्दा नेपालको वार्षिक नीति, योजना, कार्यक्रम र वजेट अनुमोदन
गरेको छ । यस साधारण सभामा सि.बा.म. अस्पताल स्थापनाकालमा अस्पताल भवनको डिजाइन
लगायतको प्राविधिक काममा महत्वपूर्ण योगदान गर्ने इन्जिनियर श्री किशोर थापा र
आर्किटेक्ट श्री मीरा ज्ञवालीलाइ सम्मान गरिएको छ ।
३.
कर्मचारी नियुक्त ।
आम्दा
नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविरको लागी
कार्यक्रम अधिकृत पदमा श्री अनुशा आचार्य नियुक्त हुनुभएकोमा वि.सं. २०८३।०२।२१
गते देखी हाजिर हुनु भएको छ ।
४.
नागरिक वडापत्र ।
आम्दा
नेपाल मातहतका कार्यालयहरूले प्रदान गर्ने सेवाहरूको संक्षिप्त विवरण सहितको
नागरिक वडापत्र अध्यावधिक गरी आम्दा नेपालको वेभसाइडमा समेत हेर्न सक्ने व्यवस्था
मिलाइएको छ ।
५.
आर्थिक तथा रणनीतिक समिक्षा बैठक ।
आम्दा नेपाल
मातहतका कार्यालयहरूको आर्थिक तथा रणनीतिक समिक्षा बैठक वि.सं. २०८३।०२।२४ गते
आव्ह्रान गरिएको छ । यस बैठकमा कार्यक्रम प्रमुख, प्रशासन/लेखा शाखा प्रमुखहरूको सहभागिता रहने छ ।
६.
नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८३।०२।२४ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा
निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको
जानकारी तथा निर्णयको सारांश ।
|
क्र. सं. |
कामको विवरण
तथा निर्णयको सारांश |
|
१ |
कार्यसम्पादन मूल्याङ्कन
-
कर्मचारी कार्यसम्पादन मूल्याङ्कन
कार्यविधि अध्यावधिक गर्ने । -
पुन का.स.मु. गराउनु पर्ने ठहर भएका
कर्मचारीहरूको नियमानुसार कारवाही गर्ने । -
का.स.मु को तथ्याङ्क र सारांश
अध्यावधिक गराउने । |
|
२ |
सेवा शूल्क
-
इकाइगत रूपमा तोकिएको ढाँचामा सेवा
शूल्कको समिक्षा गर्ने -
सेवाशूल्क परिमार्जन गर्नु पर्ने
देखिएमा प्रस्ताव तयार गर्ने |
|
३ |
खरिद संझौता एवं समझदारी
-
संझौता कार्यान्वयन कार्यविधि
अध्यावधिक गर्ने -
समझदारी र संझौतामा हस्ताक्षर गर्ने
अख्तियारीको विवरण संवन्धित सबैलाइ जानकारी गराउने । -
अघिल्लो अवधिमा सम्पन्न संझौताको
विवरण संकलन गर्ने -
हस्ताक्षर भएका समझदारी र संझौताको
कार्यान्वयन गर्न आवश्यक चेकलिष्ट तयार गरी जिम्मेवारी तोक्ने -
समझदारी र संझौताको म्याद तथा
कार्यान्वयन स्थिति रूजु गर्ने -
संझौता पत्रहरूको नमुना संकलन गर्ने
र तीन महले बनाउन लगार्इ तहाँ समावेश गर्नु पर्ने शर्तनामाहरू अध्यावधिक गर्ने -
बस्तु वा सेवा खरिदका लागी प्रकाशन
गरिने सुचनाको नमुना अध्ययन गरी अध्यावधिक गर्ने -
अघिल्लो अवधिमा प्रकाशित सुचनाहरू
संकलन गर्ने,
अध्ययन गर्ने र अध्यावधिक गर्ने -
समझदारी र संझौताहरूको सुरक्षा
गर्ने जिम्मेवार कर्मचारी तोक्ने -
कार्यान्वयन अवस्था रूजु गरी सो को
मूल्याङ्कन गर्ने कर्मचारी तोक्ने । |
|
४ |
पर्व दिवस र उत्सव
-
संवन्धित कार्यालयको स्थापना दिवस
आयोजनाको प्रारूप तथा कार्ययोजना तयार गर्ने -
आम्दा नेपालले मनाउने दिवसहरूको
सुचि अध्यावधिक गराउने -
कार्यक्रम सञ्चालनको कार्यविधि तयार
पारी अध्यावधिक गराउने -
पाहुना/अतिथिहरूको परिचय एवं विवरण
अध्यावधिक गराउने -
पूर्व आयोजित उत्सव तथा दिवसहरूको
इलेक्ट्रोनिक विवरण सुरक्षित भण्डारणको व्यवस्था गर्ने |
धन्यवाद
।
