Gokarneshwar-6, Jorpati, Kathmandu, Nepal Tel: +977-1-4910235, 4911140

Published Date: 2082-05-30
Expiry Date: 2082-06-05

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८२।०५।३०, सोमवार

अवधिः वि.सं २०८२।०५।२२ देखि वि.सं.२०८२।०५।२८ गते सम्म (ई.सं २०२५ छत्तिसौं हप्ता)

साप्ताहिक अंक: ३७/२०२५

१.     कर्मचारी दरवन्दी थप

आम्दा अस्पतालमा CT Scan सेवा प्रारम्भ गर्नका लागी स्वास्थ्य विमा तर्फ जम्मा ४ र CT Scan सेवा तर्फ जम्मा १२ पदको दरवन्दी वि.सं. २०८२।०५।२७ गतेको निर्णयानुसार थप स्विकृत गरिएको छ ।

२.     क्षति विवरण संकलन 

देशभर वि.सं. २०८२।०५।२३ र २४ गते फैलिएको अशान्तिबाट श्रृजित परिस्थितिमा आम्दा नेपाल मातहतका कार्यालयमा पुगेको क्षति विवरण संकलन गरी, पूर्ण सावधानीका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने र कर्तव्य पालनाको शिलसिलामा सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण कार्यालयहरूलाइ सचेत गराइएको छ ।

३.     भुक्तानी विवरण

आम्दा नेपालले प्रयोग गर्दै आएका ढाँचाहरू मध्ये भुक्तानी विवरणलाइ अध्यावधिक गरी नयाँ ढाँचा प्रयोगमा ल्याउन वि.सं. २०८२।०५।२३ गते निर्देश जारी गरिएको छ ।

४.     तेश्रोपक्षबाट सुरक्षाकर्मी परिचालन 

आम्दा नेपालको नीति वमोजिम हाल आम्दा दमकमा सुरक्षाकर्मी आपूर्ति गर्दै आएको कम्पनी मार्फत एक जना सुरक्षाकर्मी आम्दा नेपालको केन्द्रीय कार्यालयमा परिचालन गरिएको छ ।

५.     संझौता गर्ने अख्तियारी प्रदान

आम्दा मेची अस्पताललाइ रितपूर्वक छनौट भएका आपूर्तिकर्ताहरू सँग वि.सं. २०८२।०५।२६ गतेको निर्णयानुसार संझौता गर्ने अख्तियारी प्रदान गरिएको छ ।

६.     निर्माण कार्यका लागि वैध अनुमति र VAT दर्ता अनिवार्य

आम्दा नेपाल मातहतको जुनसुकै कार्यालयले निर्माण सम्वन्धि काम गर्दा गराउँदा, प्रचलित कानून वमोजिम इजाजत प्राप्त तथा VAT दर्ता फर्मबाट मात्र गर्न गराउन वि.सं. २०८२।०५। गते परिपत्र गरिएको छ ।

७.     श्रम परिक्षण अभिमुखीकरण ।

आम्दा नेपाल मातहतका कार्यालयहरूको जनशक्ति शाखामा कार्यरत कर्मचारीहरूलाइ श्रम परिक्षण सम्वन्धि अभिमुखीकरण गराइएको छ ।

८.     नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८२।०५।३० गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

श्रम परिक्षण

-       अघिल्लो अवधिमा सम्पन्न श्रम परिक्षणमा उठेका सवालहरूको कार्यान्वयन अवस्था रूजु गर्ने

-       श्रम परिक्षक नियुक्ति र काम थालनीको व्यवस्था मिलाउने

-       श्रम परिक्षणमा उठेका सवालहरूको कार्यान्वयन स्थितिको मुल्याङ्कन तथा अनुगमनका लागी चेकलिष्ट तयार गर्ने

-       असल श्रम अभ्यासका लागी आवश्यक नीति अध्ययन गरी सिफारिश तयार गर्ने

-       श्रम परिक्षण सम्पन्न श्रम परिक्षण प्रतिवेदन संवन्धित निकायमा पेश गर्ने

भण्डारण सुरक्षा र संरक्षण

-       कागजात संरक्षण तथा सुरक्षित भण्डारण कार्यविधि अध्यावधिक गर्ने

-       सिन, पिन र जिनको विवरण संकलन गरी अध्यावधिक गर्ने

-       भण्डारण सुरक्षा तालिम सञ्चालन गर्ने

-       संरक्षित कागजातको विवरण अध्यावधिक गर्ने

-       संरक्षित कागजातको एक प्रती संवन्धित कार्यालयलार्इ उपलब्ध गराउने एक प्रति आफुसँग राख्ने

-       काम नलाग्ने पुराना कागजपत्र नष्ट गर्न समिति गठन गर्ने

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//