आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८२।०६।२०, सोमवार
अवधिः
वि.सं २०८२।०६।०६ देखि वि.सं.२०८२।०६।१२ गते सम्म (ई.सं २०२५ अठतिसौं
हप्ता)
साप्ताहिक
अंक: ३९/२०२५
१. परियोजना कार्यक्रम संशोधन प्रस्ताव
आम्दा
नेपालले दातृ संस्था UNHCR
को सहयोगमा सञ्चालन गर्दै आएको भुटानी शरणार्थी परियोजना अन्तगर्त
तोकिएका केही कार्यक्रमहरूको प्रभावकारिताका लागी संशोधन प्रस्ताव पेश गरिएको छ ।
२. क्लिनिक सञ्चालन तथा जनशक्ति व्यवस्थापन
आम्दा नेपालको शिमाजु डेन्टल क्लिनिको प्रभावकारी सञ्चालन तथा
विलिङ् व्यवस्थाको लागी जनशक्ति परिचालन सम्वन्धमा आवश्यक फेरवदल गरिएको छ ।
३. मिसम्याच अपडेट
आ.व. २०७७/७८ को पूर्ण कर परिक्षणमा धेरै ठुलो
रकम मिसम्याच औलाएकोमा फेला परे सम्मको विवरण अध्यावधिक गरी कर कार्यालयमा
बुझाइएको छ ।
४. सफ्टवेयर प्रयोगकर्ताको भुमिका
आम्दा
नेपालले प्रयोग गर्दै आएको सफ्टवेयरमा प्रयोगकर्ताको भुमिका अध्यावधिक गरी
सम्वन्धित प्रयोगकर्ताहरूलाइ जानकारी गराइएको छ ।
५. खरिद स्विकृति
सि.बा.म. अस्पतालको प्रस्ताव वमोजिम
कक्षाकोठा निर्माण तथा छात्रावासको आवश्यक प्रवन्ध मिलाउन वि.सं. २०८२।०६।०७ गते
खरिद स्विकृति प्रदान गरिएको छ ।
६. विजया दशमीको शुभकामना ।
वि.सं.
२०८२।०६।१३ देखी २०८२।०६।१७ सम्म विजया दशमिको विदा परेको कारण यस अवधिमा दैनिक
प्रशासनिक कामहरू नहुने व्यहोरा जानकारीका साथ शुभेच्छुक सबैमा शुभकामना प्रकट
गरिएको छ ।
७. नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८२।०६।१४ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको
जानकारी तथा निर्णयको सारांश ।
|
क्र. सं. |
कामको विवरण
तथा निर्णयको सारांश |
|
१ |
- |
धन्यवाद
।
