Gokarneshwar-6, Jorpati, Kathmandu, Nepal Tel: +977-1-4910235, 4911140

Published Date: 2082-10-11
Expiry Date: 2082-10-17

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८२।१०।११, आइतवार

अवधिः वि.सं २०८२।१०।०४ देखि वि.सं.२०८२।१०।१० गते सम्म

साप्ताहिक अंक: ०४/२०२६

१.     कर्मचारी पदपूर्तिको लागी विज्ञापन प्रकाशन ।

आम्दा नेपाल मातहतका विभिन्न कार्यालयहरूमा रिक्त विभिन्न पदमा पदपूर्तिको लागी वि.सं. २०८२।१०।०४ गते विज्ञापन (सुचना नं. ११३६८) प्रकाशन गरिएको छ ।

२.     अख्तियारी प्रदान ।

वि.सं. २०८२।१०।०२ गते आम्दा मेची अस्पताल एवं आम्दा अस्पतालमा कार्यरत कर्मचारीहरूको रोजगार संझौता गर्ने अख्तियारी संवन्धित कार्यालय प्रमुखलाइ प्रदान गरिएको छ ।

३.     कार्यकारिणी समितिको भ्रमण ।

आम्दा नेपालका अध्यक्ष डा. रोहित कुमार पोखरेल, डा. दुर्गा प्रसाद भँडारी, सल्लाहकार डा. रामेश्वर प्रसाद पोखरेल एवं कार्यक्रम निर्देशक सुदेश रेग्मी समेतको टोलीले आम्दा नेपाल मातहत लुम्बिनी प्रदेशमा सञ्चालित कार्यक्रमहरूको वि.सं. २०८३।१०।०८ देखी १० गते सम्म परिचयात्मक भ्रमण सम्पन्न भएको छ ।

४.     नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८२।१०।११ गते कार्यक्रम निर्देशक श्री सुदेश रेग्मीको अध्यक्षतामा सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश

क्र.सं.

कामको विवरण

दर्ता एवं नविकरण ।

-        दर्ता र नविकरण गराउनुपर्ने विषयहरूको वर्गिकरण गर्ने ।

-        दर्ता र नविकरण संवन्धि कामको चरणवद्द योजना र जिम्मेवारी तोक्ने ।

-        समयमा काम सम्पन्न नगरेमा हुने क्षति र सोको जिम्मेवारी जानकारी गराउने ।

-        दर्ता नविकरणको काम प्रति जिम्मेवार कर्मचारीलाइ तालिका जानकारी गराउने ।

-        वार्षिक नीति, योजना, कार्यक्रम र वजेटको जानकारी संवन्धित सरकारी निकायमा पेश गर्ने ।

-        कार्यक्रम सञ्चालन स्विकृति लिनु पर्नेमा स्विकृति लिने व्यवस्था गर्ने ।

-        दर्ता नविकरण सुची र अवस्था सहितको विवरण वेभसाइडमा अध्यावधिक गर्ने ।

आर्थिक समिक्षा र बजेट

-        र्इकाइगत आर्थिक कारोवारको विवेचनात्मक अध्ययन गरी विवरण तयार गर्ने

-        तोकिएको लक्ष्यको विवेचना र आवश्यकता अनुसार लक्ष्य संशोधनका लागी आवश्यक व्यवस्था गर्ने

-        तोकिएको लक्ष हासिल नहुने अवस्था आइपरेमा कारण सहित नोट तयार गर्ने

-        कार्यक्रम इकाइबाट प्राप्त प्रस्तावहरूको प्राथमिकता छुट्टाइ वजेट विनियोजन गर्ने

-        वजेट कार्यान्वयन स्थिति समिक्षा गर्ने

-        रकमान्तर गर्नु परेमा प्रस्ताव तयार गर्ने

धरौटी, जमानत

-        जुनसुकै प्रयोजनका लागी अन्य संस्थामा बुझाएको धरौटी, जमानत आदिको विवरण अध्यावधिक गर्ने

-        जुनसुकै प्रयोजनका लागी कार्यालयले फिर्ता बुझाउनु पर्ने गरी राखेको धरौटी, जमानत आदिको विवरण अध्यावधिक गर्ने

त्रैमासिक समिक्षा

-        त्रैमासिक समिक्षा गोष्ठीको कार्यविधि अध्यावधिक गर्ने

-        त्रैमासिक समिक्षा गोष्ठीका लागी संभाव्य सहभागीको नाम निर्धारण गर्ने

-        त्रैमासिक समिक्षा गोष्ठीमा छलफल गरिने सुचाङ्कहरू अध्यावधिक गर्ने

-        पुरानो समिक्षा गोष्ठीको प्रतिवेदनहरू सुरक्षित भण्डारणको व्यवस्था गर्ने

सहयोग परिचालन तथा सामुदायिक सेवा

-        सामुदायिक सेवा सञ्चालन कार्यविधि अध्यावधिक गर्ने ।

-        स्थानिय दाताहरूसँग समन्वय बैठक गर्ने ।

-        स्थानिय दातालाइ सम्मान कार्यक्रम आयोजना गर्ने ।

-        सेवा विस्तार एवं सुदृढिकरणमा अपुग श्रोतको वारेमा प्रस्तुति गर्ने ।

-        समुदायस्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।

-        समुदायमा क्रियाशिल संघ/संस्थासँग समन्वय बैठक सञ्चालन गर्ने ।

-        स्थानिय सरकारसँग समन्वय गरी सामुदायिक सेवामा योगदान गर्ने ।

 

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//