आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८२।०६।२७, सोमवार
अवधिः
वि.सं २०८२।०६।२० देखि वि.सं.२०८२।०६।२६ गते सम्म (ई.सं २०२५ चालिसौं
हप्ता)
साप्ताहिक
अंक: ४१/२०२५
१. बरबुझारथको मुचुल्का ।
रितपूर्वक
बरबुझारथ नगरेकोमा वि.सं. २०८२।०६।२० गते मुचुल्का तयार गरी सेवाबाट हटाइएको
कर्मचारीको कार्यकक्ष खाली गर्ने प्रवन्ध गरिएको छ ।
२. छात्रावास सञ्चालन कार्यविधि
आम्दा नेपाल मातहतका शैक्षिक प्रतिष्ठानमा भर्ना भइ अध्ययन गर्ने
विद्यार्थीहरूका लागी व्यवस्थित तवरले छात्रावास सञ्चालन गर्न छात्रावास सञ्चालन
कार्यविधि तयार गरी लागु गरिएको छ ।
३. निर्वाचन समिति गठन
आम्दा नेपालको
विधान वमोजिम वि.सं. २०८२।०७।२३ गते कार्यकारिणी समितिको निर्वाचन सम्पन्न गर्न
आम्दा नेपालका कार्यक्रम निर्देशक श्री सुदेश रेग्मीको संयोजकत्वमा निर्वाचन समिति
२०८२ गठन भएको छ ।
४. नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८२।०६।२७ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको
जानकारी तथा निर्णयको सारांश ।
|
क्र. सं. |
कामको विवरण
तथा निर्णयको सारांश |
|
१ |
विमा
-
विमा नीति संशोधनका लागी आवश्यक
छलफल गर्ने -
विमा कार्यविधि अध्यावधिक
गर्ने । -
विमालेखको विवरण तयार गरी अध्यावधिक
गर्ने -
पछिल्लो अवधिमा भएको बिमा दाबी र
फस्र्यौट अवस्था रूजु गर्ने र विवरण तयार गर्न |
धन्यवाद
।
