आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८२।०७।११, मंगलवार
अवधिः
वि.सं २०८२।०६।२६ देखि वि.सं. २०८२।०७।०२ गते सम्म (ई.सं २०२५ एकचालिसौं
हप्ता)
साप्ताहिक
अंक: ४२/२०२५
१. स्वास्थ्य विमाको आय गणना ।
आन्तरिक
राजस्व कार्यालयले आ.व. २०७७/७८ को कर परिक्षण गर्ने सिलशिलामा नेपाल सरकारबाट
भुक्तानी हुन वाँकी स्वास्थ्य विमाको रकमलाइ अग्रिम आय निर्धारण गरी कर निर्धारण
हुने संकेत गरेकोमा सो उपर सम्वन्धित निकायमा निवेदन पेश गरिएको छ ।
२. समाज कल्याण परिषद्को अनुगमन ।
आम्दा
जापानको आंशिक सहयोगमा आम्दा अस्पताल दमकको लागी खरिद भएको CT Scan मशिनको
स्थलगत अनुगमनका लागी समाज कल्याण परिषद्दबाट खटिनु भएका अनुगमन टोली प्रमुख श्री अर्जुन
बहादुर सिंह र सदस्य श्री पेम्बा तामाङ्ले वि.सं. २०८२।०६।२८ र २९ गते स्थलगत
भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
३. मतदाता नामावली प्रकाशन ।
वि.सं.
२०८२।०७।२२ गते सम्पन्न हुने कार्यकारिणी समितिको निर्वाचनको लागी आम्दा नेपाल
द्वारा गठित निर्वाचन समितिले वि.सं. २०८२।०६।३१ गते मतदाता नामावली प्रकाशन गरेको
छ ।
४. नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८२।०७।११ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको
जानकारी तथा निर्णयको सारांश ।
|
क्र. सं. |
कामको विवरण
तथा निर्णयको सारांश |
|
१ |
आय
संकलन, बैंकिङ्ग कारोवार
-
इकार्इगत रूपमा नियमानुसार हुनु
पर्ने आय संकलन भए नभएको परिक्षण गर्ने -
संकलित आय निमानुसार बैंक दाखिला भए
नभएको रूजु गर्ने -
कार्यालयको प्रयोजनका लागी खोलिएका
बैंक खाताको अवस्था रूजु गरि अध्यावधिक गर्ने -
बैंकले दिएको सुविधा र समग्र
बैंकिङ्ग कारोवारको पुनर्मूल्याङ्कन गर्ने -
कर्मचारीको नाममा कार्यालयको
तर्फबाट जम्मा गरिने सञ्चयकोष, सामाजिक सुरक्षा लगायतका खातामा
जम्मा भएको विवरण रूजू गर्ने |
|
२ |
प्रस्तावना
तयारी
-
इकाइगत रूपमा आवश्यकता पहिचान
सर्भेक्षण गर्ने -
इकाइगत सर्भेक्षणका आधारमा सेवा
सुधार योजना तयार गर्न -
कार्यालयको निर्धारित नीति, योजना तथा कार्यक्रम सञ्चालन गर्न अपुग श्रोतको खोजी गर्न प्रस्तावना
तयार गर्ने -
आम्दा नेपालको स्विकृत नीति अनुरूप
कार्यक्रम सञ्चालनका लागी प्रस्तावना तयारीको योजना बनाउने -
सरकारी निकायबाट तोकिएको ढाँचामा
कार्यक्रम स्विकृति वा नविकरणका लागी प्रस्तावना तयार गर्ने -
कार्यक्रम तथा योजना शाखाको तर्फबाट
योजना गोष्ठी सञ्चालन गर्ने |
धन्यवाद
।
