आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८२।०७।११, मंगलवार
अवधिः
वि.सं २०८२।०७।०३ देखि वि.सं.२०८२।०७।०९ गते सम्म (ई.सं २०२५ बयालिसौं
हप्ता)
साप्ताहिक
अंक: ४३/२०२५
१. हार्दिक श्रद्घाञ्जली अर्पण
आम्दा नेपालका संस्थापक अध्यक्ष डा. रामेश्वर प्रसाद पोखरेलको ममतामयी आमा
कृण्ण कुमारी पोखरेलको वि.सं. २०८२।०६।२५ गते स्वर्गारोहण भएकोमा हार्दिक
श्रद्घाञ्जली अर्पण गरिएको छ ।
२. तिहार विदा ।
वि.सं.
२०८२।०७।०३ देखी वि.सं. २०८२।०७।०६ सम्म तिहार बिदा परेकोमा शुभेच्छुक सबैमा तिहारको
शुभकामना सहित विदाको जानकारी गराइएको छ ।
३. नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८२।०७।११ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
वार्षिक कार्यसुची
अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।
|
क्र. सं. |
कामको विवरण
तथा निर्णयको सारांश |
|
१ |
धरौटी, जमानत
-
जुनसुकै प्रयोजनका लागी अन्य
संस्थामा बुझाएको धरौटी,
जमानत आदिको विवरण अध्यावधिक गर्ने -
जुनसुकै प्रयोजनका लागी कार्यालयले
फिर्ता बुझाउनु पर्ने गरी राखेको धरौटी, जमानत आदिको विवरण
अध्यावधिक गर्ने |
|
२ |
सहयोग परिचालन तथा सामुदायिक सेवा
-
सामुदायिक सेवा सञ्चालन कार्यविधि
अध्यावधिक गर्ने -
स्थानिय दाताहरूसँग समन्वय बैठक
गर्ने -
स्थानिय दातालाइ सम्मान कार्यक्रम
आयोजना गर्ने -
सेवा विस्तार एवं सुदृढिकरणमा अपुग
श्रोतको वारेमा प्रस्तुति गर्ने -
समुदायस्तरमा चेतनामूलक कार्यक्रम
सञ्चालन गर्ने -
समुदायमा क्रियाशिल संघ/संस्थासँग
समन्वय बैठक सञ्चालन गर्ने -
स्थानिय सरकारसँग समन्वय गरी
सामुदायिक सेवामा योगदान गर्ने |
|
३ |
आर्थिक समिक्षा र बजेट
-
र्इकाइगत आर्थिक कारोवारको
विवेचनात्मक अध्ययन गरी विवरण तयार गर्ने -
तोकिएको लक्ष्यको विवेचना र
आवश्यकता अनुसार लक्ष्य संशोधनका लागी आवश्यक व्यवस्था गर्ने -
तोकिएको लक्ष हासिल नहुने अवस्था
आइपरेमा कारण सहित नोट तयार गर्ने -
कार्यक्रम इकाइबाट प्राप्त
प्रस्तावहरूको प्राथमिकता छुट्टाइ वजेट विनियोजन गर्ने -
वजेट कार्यान्वयन स्थिति समिक्षा
गर्ने -
रकमान्तर गर्नु परेमा प्रस्ताव तयार
गर्ने |
|
४ |
दर्ता
एवं नविकरण । -
दर्ता र नविकरण गराउनुपर्ने
विषयहरूको वर्गिकरण गर्ने -
दर्ता र नविकरण संवन्धि कामको
चरणवद्द योजना र जिम्मेवारी तोक्ने -
समयमा काम सम्पन्न नगरेमा हुने
क्षति र सोको जिम्मेवारी जानकारी गराउने -
दर्ता नविकरणको काम प्रति जिम्मेवार
कर्मचारीलाइ तालिका जानकारी गराउने -
वार्षिक नीति, योजना, कार्यक्रम र वजेटको जानकारी संवन्धित
सरकारी निकायमा पेश गर्ने -
कार्यक्रम सञ्चालन स्विकृति लिनु
पर्नेमा स्विकृति लिने व्यवस्था गर्ने -
दर्ता नविकरण सुची र अवस्था सहितको
विवरण वेभसाइडमा अध्यावधिक गर्ने |
धन्यवाद
।
