आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८२।०७।२४, सोमवार
अवधिः
वि.सं २०८२।०७।१७ देखि वि.सं.२०८२।०७।२३ गते सम्म (ई.सं २०२५ चवालिसौं
हप्ता)
साप्ताहिक
अंक: ४५/२०२५
१. कार्यकारिणी समितिको बैठक सम्पन्न ।
वि.सं.
२०८२।०७।१७ गते, अध्यक्ष डा. सुनु दुलालको अध्यक्षतामा कार्यकारिणी समितिको २९ औं
बैठक सम्पन्न भएको छ ।
२. साधारण सभाको तयारीको लागी कार्यविभाजन ।
वि.सं.
२०८२।०७।२२ गते विहान ९ वजे प्रारम्भ हुने गरी आव्ह्रान भएको आम्दा नेपालको ६७ औं
साधारण सभाको तयारीको लागी वि.सं. २०८२।०७।१७ गते कार्यविभाजनको जानकारी गराइएको छ
।
३.
आम्दा
नेपालको ६७ औं साधारण सभा सम्पन्न ।
आम्दा
नेपालको ६७ औं साधारण सभा वि.सं. २०८२।०७।२२ गते सम्पन्न भएको छ । यस साधारण सभाले
२ वर्ष कार्यकालका लागी निम्न अनुसारको कार्यकारिणी समितिको निर्वाचन समेत सम्पन्न
गरेको छ ।
क.
डा.
रोहित कुमार पोखरेल, अध्यक्ष
ख.
डा.
यज्ञराज पाठक, उपाध्यक्ष
ग.
डा.
दुर्गा प्रसाद भँडारी, सचिव
घ.
डा.
माधव प्रसाद खनाल, कोषाध्यक्ष
ङ.
डा.
नविन ढकाल, सह सचिव
च.
डा.
सरोज प्रसाद वझा, सदस्य
छ.
डा.
योगेन्द्र प्रसाद सिंह, सदस्य
ज.
डा.
तरूण पौडेल, सदस्य
झ.
डा.
दीपक अर्याल, सदस्य
४. विज्ञापन प्रकाशन ।
आम्दा
नेपालको केन्द्रीय कार्यालयमा रिक्त हलुका सवारी चालक (ड्राइभर) पदमा पदपूर्तिको
लागी वि.सं. २०८२।०७।१९ गते विज्ञापन प्रकाशन गरिएको छ ।
५. कर्मचारी नियुक्तिको लागी सहमति प्रदान ।
आम्दा
अस्पतालमा शुरू हुने CT
Scan सेवाको लागी आवश्यक जनशक्ति छनौट गर्न वि.सं. २०८२।०७।१९ गते
सहमति प्रदान गरिएको छ ।
६. पुरक संझौता ।
आम्दा
नेपाल र Global
Meditech International Pvt. Ltd. विच म्याद थपको विषयमा वि.सं.
२०८२।०७।२० गते पुरक संझौता सम्पन्न
भएको छ ।
७. खरिद सहमति प्रदान ।
भुटानी
शरणार्थी शिविरमा शरणार्थीहरूका टहरा निर्माण तथा मरमतका लागी जम्मा अनुमानित
मूल्य ५७,८८,८१७।०० मूल्यको सरसामान खरिद गर्न वि.सं. २०८२।०७।२० गते सहमति प्रदान
गरिएको छ ।
८. नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८२।०७।२४ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
बार्षिक कार्यसुची
अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।
|
क्र. सं. |
कामको विवरण
तथा निर्णयको सारांश |
|
१ |
जनशक्ति व्यवस्थापन
-
कर्मचारी विवरण (संकेत समेत)
अध्यावधिक गर्ने -
जनशक्ति व्यवस्थापनमा संलग्न
कर्मचारीलाइ पुर्नताजगी तालिम प्रदान गर्ने -
एक वर्ष भित्र उमेर हदको कारण
सेवानिवृत हुने कर्मचारीको विवरण अध्यावधिक गर्ने -
कर्मचारीका गुनासा र सुझावको
उपयुक्त विधिबाट संवोधन भए नभएको स्थिति रूजु गरी अध्यावधिक गर्ने -
कर्मचारीबाट तालिम आवश्यकताको सुझाव
संकलन गरी तालिम योजना तयार गर्ने -
काम, कर्तव्य र
अधिकारको विवरण अध्यावधिक गर्ने -
व्यक्तिगत विवरण फायलहरू अध्यावधिक
गराउने -
कबुलियतनामाहरूको विवरण अध्यावधिक
गराउने -
पदोन्नति र सरूवाको विवरण अध्यावधिक
गराउने -
कर्मचारी गतिविधिको सारांश
प्रकाशनको व्यवस्था गराउने -
तलब सिट संकलन गरी सुरक्षित
भण्डारणको व्यवस्था मिलाउने |
|
२ |
सेवा शूल्क
-
इकाइगत रूपमा तोकिएको ढाँचामा सेवा
शूल्कको समिक्षा गर्ने -
सेवाशूल्क परिमार्जन गर्नु पर्ने
देखिएमा प्रस्ताव तयार गर्ने |
|
३ |
अनुगमन मूल्याङ्कन
-
अनुगमन मूल्याङ्कन कार्यविधि
अध्यावधिक गर्ने -
शाखागत अनुगमन मूल्याङ्कन चेकलिष्ट
अध्यावधिक गर्ने -
विभिन्न निकाय एवं विज्ञबाट भए
गरेका अनुगमन मूल्याङ्कन प्रतिवेदन संकलन गर्ने -
अनुगमन मूल्याङ्कन कार्ययोजना तयार
गर्ने -
अघिल्लो अवधिको सुझाव कार्यान्वयन
स्थिति रूजु गर्ने |
|
४ |
सुचना, प्रकाशन र संग्रह
-
आम्दा नेपालसँग सम्वन्धित लेख, रचना, सुचनामूलक जुनसुकै प्रकाशनहरू संकलन गरी
सुरक्षित भण्डारण गर्ने -
नियमित समाचार/गतिविधि प्रवाह
कार्यविधि अध्यावधिक गर्ने -
समाचार एवं गतिविधिहरू नियमित
प्रवाह गर्ने व्यवस्था मिलाउने -
कार्यालयस्तरबाट आफ्ना गतिविधिहरू
प्रकाशन एवं सार्वजनिक भए नभएको रूजु गर्ने -
आम्दा नेपालको गतिविधि प्रकाशनको
व्यवस्था मिलाउने -
वेभसार्इडान प्रकाशित सामाग्री
अध्यावधिक गर्ने -
समाज कल्याण परिषद्मा तोकिएको
ढाँचामा विवरण बुझाउन लगाउने -
स्वास्थ्य कार्यालय, शिक्षा कार्यालय, स्थानिय निकायमा पेश भएको
प्रतिवेदन संकलन गरी सुरक्षित भण्डारणको व्यवस्था मिलाउने |
धन्यवाद
।
