आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८२।१०।१८, आइतवार
अवधिः वि.सं २०८२।१०।११ देखि
वि.सं.२०८२।१०।१७ गते सम्म
साप्ताहिक अंक: ०५/२०२६
१. कार्ययोजना तयारी ।
आम्दा नेपालको
कार्यकारिणी समितिका पदाधिकारीहरूले अगिल्लो हप्ता सम्पन्न गरेको परिचयात्मक
भ्रमणको सिलशिलामा विभिन्न बैठकमा सहभागी कर्मचारीहरूले उठाएका सवालहरूको विषयमा
कार्ययोजना तयार गरी प्रगति विवरण पेश गर्न सम्वन्धित कार्यालयहरूलाइ निर्देशन
गरिएको छ ।
२. आकस्मिक सम्पर्क जालो ।
आम्दा नेपाल,
केन्द्रिय कार्यालयको आकस्मिक सम्पर्क जालो अध्यावधिक गरी सम्वन्धित
कर्मचारिहरूलाइ जानकारी गराइएको छ ।
३. सि.बा.म. अस्पतालको विस्तृत परियोजना प्रतिवेदन
।
सि.बा.म.
अस्पतालको नयाँ भवन निर्माणको लागी विस्तृत परियोजना प्रतिवेदन तयारीको प्रथम
चरणमा प्राप्त भवनको प्रारूप सरोकारवाला पदाधिकारीलाइ पृष्ठपोषणको लागी जानकारी
गराइएको छ ।
४. नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८२।१०।१८ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा
निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको
जानकारी तथा निर्णयको सारांश ।
|
क्र.सं. |
कामको विवरण |
|
१ |
नीति, नियम, कार्यविधि तथा निर्देशिका
-
जारी भर्इ गरिसकेका मापदण्ड, कार्यविधि, नीति, नियम,
निर्देशिकाहरूको सुची अध्यावधिक गर्ने । -
कार्यक्रम सञ्चालनका क्रममा आवश्यक
ठानिएका कार्यविधिहरूको सुची अध्यावधिक गर्ने र तयारीको कार्ययोजना वनाउने । -
संशोधन आवश्यक ठानिएकोमा तीन महले
तयार गर्ने । -
जिम्मेवार कर्मचारीलाइ पुर्नताजगी
प्रशिक्षण दिने । -
कार्यविधि अनुरूप काम गर्न आवश्यक
ढाँचा नमूनाहरू तयार गरी सवन्धित कार्यविधिको अनुसुचीको रूपमा संग्रहित गर्ने । |
|
२ |
लेखा परिक्षण
-
आन्तरिक लेखा परिक्षणको अभ्यास र
प्रतिवेदन उपर छलफल -
आन्तरिक लेखा परिक्षण प्रतिवेदनको
कार्यान्वयन समिक्षा -
अघिल्लो अवधिमा सम्पन्न लेखा
परिक्षणमा उठेका सवालहरूको कार्यान्वयन अवस्था रूजु गर्ने -
लेखा परिक्षक नियुक्ति र काम
थालनीको व्यवस्था मिलाउने -
लेखा परिक्षणमा उठेका सवालहरूको
कार्यान्वयन स्थितिको मुल्याङ्कन तथा अनुगमनका लागी चेकलिष्ट तयार गर्ने -
बेरूजु फर्योटका लागी कार्ययोजना
तयार गर्ने -
लेखा अनुशासनका लागी विद्धमान नीति
विलश्षेण गरी आवश्यकता अनुरूप नयाँ नीति तर्जुमा गर्ने -
बैंक खाताहरूको स्थिति पहिचान तथा
विवरण अध्यावधिक गर्ने -
कार्यक्रमहरूको प्रगति मूल्याङ्कन
गर्ने गराउने |
|
३ |
कार्यक्रम स्विकृति (स.क.प.)
-
सञ्चालनमा रहेका कार्यक्रमहरूको
नविकरण तथा स्विकृतिका लागी आवश्यक व्यवस्था गर्ने -
सम्पूर्ण कार्यक्रमहरूको
छुट्टाछुट्टै प्रगति विवरण अध्यावधिक गर्ने -
प्रगति विवरणहरू समाजकल्याण परिषदमा
पेश गर्ने -
प्रगति विवरणहरू स्थानिय निकायमा
पेश गर्ने -
प्रगति विवरणहरू दातृ निकायमा पेश
गर्ने -
प्रतगि विवरणहरू सार्वजनिक गर्ने -
नयाँ कार्यक्रम सञ्चालन तथा
स्विकृतिका लागी आवश्यक व्यवस्था मिलाउने |
|
४ |
विपद् व्यवस्थापन
-
आकस्मिक सेवा सञ्चालन कार्यविधि
अध्यावधिक गर्ने । -
विपद् व्यवस्थापन तथा पूर्वतयारी
सम्वन्धि तालिम सञ्चालन गर्ने । -
विपद् सम्वन्धि आकस्मिक स्वास्थ्य
सेवा सञ्चालनका चेकलिष्ट रूजु गर्ने । -
विपद् व्यवस्थापन सम्वन्धि
सरसामानको न्युनतम भण्डारण सुनिश्चित गर्ने |
धन्यवाद
।
