Gokarneshwar-6, Jorpati, Kathmandu, Nepal Tel: +977-1-4910235, 4911140

Published Date: 2082-09-06
Expiry Date: 2082-09-12

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८२।०९।०६, सोमवार

अवधिः वि.सं २०८२।०८।२९ देखि वि.सं.२०८२।०९।०५ गते सम्म (ई.सं २०२५ पचासौं हप्ता)

साप्ताहिक अंक: ५१/२०२५

१.     दरभाउ प्रस्ताव आव्ह्रान ।

शिमाजु डेन्टल क्लिनिकको लागी केही सरसामान खरिदको लागी प्रथम पटक वि.सं. २०८२।०८।०८ गते सुचना नं. ११२७५ प्रकाशन गरिएकोमा प्रयाप्त प्रस्ताव प्राप्त नभएको हुनाले पुन वि.सं. २०८३।०९।०२ गते दोश्रो सुचना नं. ११३१० प्रकाशन भएको छ ।

२.     कार्यालय समय परिवर्तन ।

आम्दा नेपालले वि.सं. २०८२।०८।२५ गते प्रकाशन गरेको सुचना नं. ११३०३ अनुसार केन्द्रिय कार्यालय वि.सं. २०८२।०९।०१ गते देखी हप्तामा आइतवार देखी शुक्रबार जम्मा ६ दिन विहान १० वजे साँझ ५ वजे सम्म खुल्ने गरी समय निर्धारण भएको छ ।

३.     श्रम परिक्षण समिक्षा ।

आम्दा नेपालले सम्पन्न गरेको श्रम परिक्षण प्रतिवेदनको वि.सं. २०८२।०९।०३ गते प्रगति समिक्षा सम्पन्न भएको छ ।

४.     नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८२।०९।०७ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

सुरक्षा

-       कार्यालयको सुरक्षा प्रवन्ध नीति अध्यावधिक गर्ने

-       कार्यालयको सुरक्षा प्रवन्ध सुनिश्चित गर्ने

-       कर्मचारी र सेवाग्राहीको सुरक्षा प्रवन्ध रूजु गर्ने ।

भौतिक परिक्षण तथा खुदगन्ति

-       भौतिक परिक्षण तथा खुदगन्ति कार्यविधि अध्यावधिक गर्ने

-       भौतिक परिक्षण तथा खुदगन्ति टोली गठन गर्ने

-       मरमत कार्ययोजना तयारी गर्ने

-       काम नलाग्ने सरसामानहरूको व्यवस्थापन गर्ने

-       अघिल्लो वर्ष र यस वर्षको सरसामानहरूको सुची रूजु गर्ने

-       नयाँ खरिद भएका सरसामानहरूको लगत कायम गर्ने

-       अनुदानमा प्राप्त सरसामानको सुची अध्यावधिक गर्ने

-       दाताहरूलार्इ धन्यवाद पत्र प्रदान गर्ने

-       दाताहरूको सुची अध्यावधिक गर्ने

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//