आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८२।११।१०, आइतवार
अवधिः वि.सं
२०८२।११।०३ देखि वि.सं.२०८२।११।०९ गते सम्म
साप्ताहिक
अंक: ०८/२०२६
१. वेभसाइड अध्यावधिक
आम्दा नेपालको
वेभसाइडमा राखिएका सन्दर्भ सामाग्रीहरू अध्यावधिक गर्नु पर्ने भएकोले हाललाइ
वेभसाइडबाट फायलहरू डाउनलोड गर्न मिल्ने सुविधा वि.सं. २०८२।११।०४ गते देखी
अस्थायी रूपमा स्थगन गरिएको व्यहोरा जानकारी गराइएको छ ।
२. शैक्षिक कार्यक्रमको साँगठनिक संरचना ।
आम्दा
नेपालले सुधार गरेको समग्र साँगठनिक संरचना अनुरूप शैक्षिक कार्यक्रमहरू छुट्टै
कार्यालयको रूपमा स्थापना भएकोमा प्रतिष्ठानको आन्तरिक व्यवस्थापनको लागी आवश्यक
समिति गठनका लागी सुझाव संकलन गरिएको छ ।
३. कार्यक्रम संझौता ।
आम्दा
नेपालले वि.सं. २०८२।०९।२९ गते पेश गरेको संशोधित कार्यक्रम अनुरूप महिलाहरूको
स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर सञ्चालनको लागी हस्ताक्षरित संझौता
वि.सं. २०८२।११।०५ गते प्राप्त भएको छ ।
४. नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८२।११।१० गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
बार्षिक कार्यसुची
अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।
|
क्र. सं. |
कामको विवरण
तथा निर्णयको सारांश |
|
१ |
नागरिक वडापत्र र सुचना
-
वडापत्र प्रकाशन कार्यविधि
अध्यावधिक गर्ने । -
हाल प्रकाशित नागरिक वडापत्रको फोटो
संकलन गरी सुरक्षित भण्डारण गर्ने । -
बडापत्र अध्यावधिक गर्ने । -
कार्यक्रमको वारेमा सुचना प्रवाह
गरी संवन्धित निकायमा जानकारी दिने । -
कार्यालयस्तरमा सम्पर्क व्यक्ति
(सुचना अधिकारी) तोक्ने । -
असल श्रम अभ्यासका लागी आवश्यक नीति
अध्ययन गरी सिफारिश तयार गर्ने । -
श्रम परिक्षण सम्पन्न श्रम परिक्षण
प्रतिवेदन संवन्धित निकायमा पेश गर्ने । |
धन्यवाद
।
