Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-04-22
Expiry Date: 2019-04-29

  1. कर्मचारी बिदाइ तथा नियुक्ति ।
    आम्दा नेपाल केन्द्रीय कार्यालयमा कार्यरत डेण्टल अधिकृत डा. राधिका महर्जनलार्इ उत्तरोत्तर प्रगतिको शुभकामना सहित बिदाइ गरियो । रिक्त स्थानमा नियुक्त हुनुभएका डा. सम्पदा ढकाललार्इ स्वागत गरियो । डा. ढकालले मिति २०७६।०१।०८ देखि नियमित कार्यभार सम्हाल्नु भएको छ ।
  2. कार्यकारिणी समिति बैठक ।
    आम्दा नेपाल कार्यकारिणी समितिको बैठक मिति २०७६।०१।०४ मा सम्पन्न भएको छ ।
  3. अभिमुखिकरण तालिम सम्पन्न ।
    मिति २०७६।०१।०५ र ०६ गते आम्दा नेपाल केन्द्रीय कार्यालयमा आम्दा सफ्टवेयरको थप परिकृत गरिएको Account, Inventory, Academic, Pharmacy  भागको अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
  4. साझेदार बैठक
    आम्दा नेपालका पदाधिकारी डा. अनिल कुमार दास र मुख्य प्रशासक श्री सुदेश रेग्मी आम्दा मेची अस्पतालका संस्थापक संस्था मेचीनगर नगरपालिका, मेचीनगर उद्योग बाणिज्य संघ र आम्दा नेपालको विच मूख्यतया अस्पतालको सेवा विस्तार एवं विकासका लागी योजना तय गर्ने विषयमा मिति २०७६।०१।०८ मा सम्मन्न बैठकमा सहभागि हुनु भएको छ । अस्पतालको स्थापनाकालको संझाैताको पुनरावलोकन सहित अस्पताल विकाशका लागी उपयुक्त नीति तर्जुमा गर्नका लागी सिफारिश पेश गर्न एक कार्यदल गठन भएको छ । उक्त कार्यदलमा आम्दा नेपालको प्रतिनिधिको रूपमा आम्दा मेची अस्पतालका प्रमुख डा. पोषण राज त्रिपाठीलाइ मनोनयन गरिएको छ । उक्त कार्यदलले दश दिन भित्र पेश गर्ने सिफारिशका आधारमा जग्गाको स्वामित्व साझेदारी गर्ने लगायतका विषयमा समझदारी भएको छ ।
  5. अन्तरराष्ट्रीय अध्यक्षको नेपाल भ्रमण
    आम्दा इन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामी आम्दा इन्टरनेशनल र स्वास्थ्य मन्त्रालयबीच प्राकृतिक विपत्तिका बेला मानवीय सहयोग आदान प्रदान गर्ने सम्बन्धि समझदारीपत्रमा संझोता गर्ने प्रयोजनका लागी नेपाल आउने सुचना प्राप्त भएको छ । आम्दा इन्टरनेशनल र स्वास्थ मन्त्रालय बिच प्रस्तावित समझदारीपत्रको मस्याैदा जापानी दूतावास हुदै परराष्ट्र मन्त्रालयबाट हाल स्वास्थ्य मन्त्रालयमा स्विकृतिको प्रक्रियामा रहेको छ ।
  6. सामाजिक सुरक्षा कोषमा सुचिकृत
    आम्दा नेपाल स्ंस्था, नेपाल सरकारले जारी गरेको सामाजिक सुरक्षा कार्यक्रममा रोजगारदाताको रूपमा सूचीकृत भइ प्रमाणपत्र प्राप्त भएको छ । आम्दा नेपाल अन्तरगत कार्यरत कर्मचारीहरूलाइ सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न कर्मचारीहरूको नामावली संकलन गर्ने काम भइ रहेको छ ।

    यस हप्ताको कार्ययोजना
    १. कर विवरण एवं दाखिला अवस्था अध्यावधिक गर्ने ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.