साप्ताहिक मुख्य गतिविधि तथा समाचारहरू (२०७५।११।१३ - २०७५।११।१९)
१. मातृशिशु स्वास्थ्य परियोजना कार्यालय स्थापना
क. आम्दा समाचारपत्र प्रकाशनः आम्दा नेपाल अन्तरगतका कार्यालयहरूको गतिविधि एवं समाचारहरूको संग्रहको रूपमा आम्दा समाचारपत्र प्रकाशन गर्ने ।
ख. दिवस तथा कार्यक्रमः आम्दा नेपाल अन्तर्गत मनाइने दिवस तथा कार्यक्रमहरूको विवरण अध्यावधिक गर्ने ।
ग. दर्ता तथा नविकरणः आम्दा नेपाल संस्था तथा संस्था अन्तरगतका कार्यक्रमहरू संचालनका निमित्त लिइएका र्इजाजतपत्रहरू प्रचलित नियमानुसार दर्ता वा नविकरण गर्न आवश्यक व्यवस्था गर्ने ।
साप्ताहिक मुख्य गतिविधि तथा समाचारहरू (२०७५।११।२० - २०७५।११।२६)
१. कार्यकारिणी समितिको बैठक
मिति २०७५।११।२२ गते आम्दा नेपालका अध्यक्ष डा.योगेन्द्र प्रसाद सिंहको अध्यक्षतामा कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ ।
२. साप्ताहिक योजना
क. बजेट र कार्यक्रमः आम्दा नेपाल लगायत मातहत संचालित अस्पताल/परियोजनाहरूको बजेट र कार्यक्रमको पुनरावलोकन गर्ने ।
ख. लेखापरीक्षणः आम्दा नेपालको लेखापरीक्षणको जाँचसूची तयार गरि स्थिति अध्यावधिक गर्ने र लेखापरिक्षकको नियुक्ति प्रकृया अगाडि बढाउने ।