Maternal and Child Health Project
Dang
COVID 19 नियन्त्रण तथा रोकथाम मा प्राबिधिक सहयोग
विश्वब्यापी रुप मा फैलिएको COVID 19 रोग को नियन्त्रण तथा रोकथाम का लागी MCH Project Dang द्वारा गढवा गाउँ पालिका स्वास्थ्य शाखा संग समन्वय तथा सहकार्य गरि विभिन्न कार्यक्रम गरेको छ ।
.jpg)
- गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर १ कालाकाटेमा हेल्थ डेस्क स्थापना गरि बाहिर बाट गाउँपालिका भित्र आउने मानिस हरुको चेक जाँच गरिएको थियो । उक्त कार्यक्रम मा आम्दा नेपाल का कार्यक्रम प्रबन्धक राजेन्द्र रुचाल को साथमा सामुदाईक स्वास्थ्य परिचालक अनुषा यादव र राजा राम चौधरीले प्राबिधिक सहयोग गरेका थिए । पहिलोदिन करिब ७०० भन्दा बढी मानिस हरुको चेकक जाँच भएको थियो जसमा २ जना लाई उच्च ज्वरो देखियको ले सम्बन्धि स्वास्थ्य संस्था मा पथाइएको थियो ।
- परियोजना का कार्यक्रम अधिकृत रोहित श्रेष्ठ को साथमा सामुदाईक स्वास्थ्य परिचालक वर्षा पाण्डे र सुनिता चौधरीले गढवा बजारको चोक मा हेल्प डेस्क स्थापना गरि कोरोना रोकथाम सम्बधि सुचना मुलक संदेश बनाइ माइकिंग गरेका थिए । साथै साबुन पानि ले हात धुने तथा सेनिटाइजर प्रायो गर्ने बारेमा Demonstration गरिएको थियो ।

- COVID 19 को महामारीले जनता मा देखिएको त्रास तथा सरकार द्वारा जारी लक डाउन लाइ मध्यनजर गर्दै MCH project का कार्यक्रम प्रबन्धक राजेन्द्र रुचाल ले स्थानीय रेडियो स्टेशन म्यानेजरसंग समन्वय गरि आम्दा नेपालको तर्फ बाट जनहितमा जारि संदेश तयार गरिएको थियो । उक्त संदेश रेडियो साझा आवाज गढवा द्वारा लक् डाउन को अवधिभर दैनिक तिन पटक प्रशारण भैरहेको छ ।