Maternal and Child Health Project
Dang
Weekly News
AMDA MINDS जापानको आर्थिक सहयोगमा संचालित यस आम्दा नेपाल MCH Project दाङ द्वारा एक दिने इम्पलान्ट शिबिर सम्पन्न गरिएको छ । आठौ रास्ट्रीय परिवार योजना दिवस २०७८ को अवसरमा आम्दा नेपाल, गढवा गाउँपालिका स्वास्थ्य शाखा र परिवार नियोजन संघ घोराहीको संयुक्त समन्वय तथा सहकार्यमा उक्त कार्यक्रम संचालन भएको हो । गढवा गाउँ पालिकाको वडा न. १ को कालाकटे सामुदायिक स्वास्थ्य इकाई र गोबरडिहा स्वास्थ्य चौकीमा शिबिर संचालन गरिएको थियो जसमा जम्मा ४७ जना महिला हरुलाइ इम्पलान्ट लगाइयो । कोभिड १९ को महामारी; परिवार योजना सेवामा सबैको पहुँच बराबरी भन्ने मूल नाराका साथ् संचालन गरिएको शिबिर मा स्वास्थ्य कार्यालय दाङ का प्रमुख, वडा कार्यालय प्रमुख तथा स्वास्थ साखा प्रमुख द्वारा अनुगमन गरिएको थियो ।





