Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-07-08
Expiry Date: 2019-07-22

मितिः २०७६।०३।२३
साप्ताहिक समाचार

१. प्रबन्ध समितिको बैठक सम्पन्न
आम्दा नेपालका सचिव तथा प्रबन्ध समितिका संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठको अध्यक्षतामा मिति २०७६।०३।१८ गते सम्पन्न प्रवन्ध समिति बैठकमा निम्न विषयहरूमा छलफल भइ सिफारिश तथा निर्णयहरू भएको छ
क. आम्दा मेची अस्पतालको बैंक खाताको हस्ताक्षर परिवर्तन।
ख. आम्दा नेपाल विपद् व्यवस्थापन कार्यविधि २०७५ को अनुमोदन सिफारिस ।
ग. गोकर्णेश्वर नगरपालिकामा स्वास्थ्य संस्था संचालनका लागि स्थलगत अवलोकन भएको जानकारी ।
घ. अस्पतालहरू नविकरण/स्तरोन्नतीको जानकारी तथा आवश्यक व्यवस्थापन ।
ङ. शैक्षिक भवनको दोस्रो तल्ला निर्माण
च. समाज कल्याण परिषद्बाट परियोजनाहरूको मुल्याङ्कन गराउने ।
छ. सामाजिक सुरक्षा कोषमा कर्मचारीहरूको सुचिकरण र  उपदानको व्यवस्थापन
ज. कर्मचारीहरू नियुक्ति तथा पदोन्नति
 
२. कार्यकारिणी समितिको बैठक सम्पन्न
आम्दा नेपालका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंहको अध्यक्षतामा मिति २०७६।०३।२० गते सम्पन्न कार्यकारिणी समितिको बैठकमा निम्न विषयहरूमा छलफल भइ निर्णयहरू भएको छ । गरियो ।
क. साधारण सभाका निर्णयहरू कार्यान्वयन गर्ने ।
ख. कर्मचारीहरूको उपदान फिर्ता भुक्तानी र सामाजिक सुरक्षा कोषमा सूचिकृत
ग. आम्दा नेपाल केन्द्रीय कार्यालय र आम्दा मेची अस्पतालको बैंक खाताको हस्ताक्षर परिवर्तन
घ. प्रबन्ध समितिमा भएका निर्णय तथा सिफारिसहरू अनुमोदन (२०७६।०१।२५ देखि २०७६।०३।१८)

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.