Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-08-12
Expiry Date: 2019-08-26

मितिः २०७६।०४।२७
साप्ताहिक समाचार

१. प्रबन्ध समितिको बैठक सम्पन्न
आम्दा नेपालका सचिव तथा प्रबन्ध समितिका संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठको अध्यक्षतामा मिति २०७६।०४।२२ गते सम्पन्न प्रवन्ध समिति बैठकमा निम्न विषयहरूमा छलफल भइ सिफारिश तथा निर्णयहरू भएको छ
- सि.बा.म. अस्पतालको प्रसुति सेवा भवनमा टिनको छत थप निर्माण ।
- सि.बा.म. अस्पतालमा ल्यापरोस्कोपिक सर्जरी सेवा प्रारम्भ गर्न विशेषज्ञ चिकित्सक नियुक्त ।
- सामाजिक सुरक्षा कोषमा सुचिकरण गर्ने कार्यविधि ।
- कमेरो पानीधारा तथा क्रियापुत्री भवन संरक्षण समितिले माग गरेको आर्थिक सहयोग ।
- सि.बा.म. अस्पतालका लागी निर्देशक पदमा निवेदन दिने म्याद थप ।
- डा. बिमला बुढाथोकीको विशेष सेवा करार नविकरण ।
- डा. नविन ढकालको निवेदन ।
- मेडिकल सुपरिन्टेन्डेन्टको भत्ता ।
- आम्दा नेपाल र निक साइमन इष्टिन्युट विचको संझौता नविकरण गर्ने ।
- सि.बा.म. अस्पतालको बजेट रकमान्तर
- कर्मचारीको राजिनामा स्विकति (अजय कटुवाल, दीक्षा शर्मा)
- कर्मचारी नियुक्ति (रोहित कुमार उराँव, रोहिक मुल्मी श्रेष्ठ, अस्रिना भट्टराइ)
- के.का. मा प्रयोगमा रहेको मित्सुबिसी पजेरो गाडीको अवस्था ।
२. आम्दा माइन्सका प्रवन्ध निर्देशकसँग बैठक सम्पन्न
आम्दा नेपालका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंहको आतिथ्यमा आम्दा माइन्डस् का प्रवन्ध निर्देशकसँग मिति २०७६ साउन २३ गते एक समारोहका विच सौहाद्रपूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा आम्दा नेपालका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंह लगायत, सचिव डा. ऋषिकेश नारायण श्रेष्ठ, कोषाध्यक्ष डा. संगिता बराल बस्नेत, सदस्य डा. दीपक अर्याल, प्रशासक श्री उमेश प्रसाद आचार्य र आम्दा माइन्डस् बाट प्रवन्ध निर्देशक सुन्सुके शुजुकी (Mr Shunsuke Suzuki), देशिय निर्देशक श्री कायको ओकुदा (Ms Kaeko Okuda), चिहो मात्सुमोतो (Ms Chiho Matsumoto), कोशी हिरानो (Mr. Koshi Hirano) लगायत उपस्थित हुनुहुन्थ्यो । बैठक आपसी सहकार्य मार्फत परियोजना सञ्चालन र सेवा सुधारका विषयमा छलफल भएको थियो ।
३. परियोजना व्यवस्थापन तालिममा सहभागिता
शरणार्थी मामिला संवन्धि संयुक्त राष्ट्र संघिय कार्यालय (UNHCR) ले आयोजना गरेको परियोजना व्यवस्थापन कार्यशाला/तालिममा आम्दा नेपालको तर्फबाट मुख्य प्रशासक सुदेश रेग्मी, वित्त नियन्त्रक अन्जना कोइराला, परियोजना प्रवन्धक सुमन नेपाल र बरिष्ठ लेखा अधिकृत निरज ढुङ्गाना सहभागी हुनु भएको छ । परियोजना व्यवस्थापन तालिम सन् ८-९ अगष्ट २०१९ मा पोखरामा सञ्चालन भएको थियो ।
४. निर्देशक पदको विज्ञापन 
आम्दा नेपाल अन्तरगत सञ्चालित १०० शैया क्षमताको सिद्धार्थ बाल तथा महिला अस्पताल,बुटवलका लागी निर्देशक पदमा नियुक्तिका लागी विज्ञापन प्रकाशन भएको छ । विज्ञापन संवन्धि थप जानकारी http://amda.org.np/time-extension-of-vacancy-announcement-of-directorscwh.html बाट प्राप्त गर्न सकिन्छ ।
५. ढाँचा संशोधन
आम्दा नेपाल अन्तरगतका कार्यालयहरूको कामकाजमा प्रयोग हुदै आएका छपाइ सामाग्रीका नमुना/ढाँचाहरूलाइ समयानुकुल संशोधन गरी आम्दा नेपालको बेभपेजमा व्यवस्थित तवरले अध्यावधिक गरिएको छ ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.