Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-01-13
Expiry Date: 2020-01-20

AMDA Nepal
Maternal and Child Health Project
Dang
Weekly News
CoFP and Counseling  तालिम सुरु
प्रदेश स्वास्थ्य तालिम केन्द्र प्रदेश नम्बर ५ को आयोजना तथा आम्दा नेपाल MCH Project Dang र SSBH  को सहकार्यमा स्वास्थ्य तालिम केन्द्र बुटवल मा Comprehensive Family Planning and Counseling सम्बन्धि ८ दिने तालिम  शुरु भएको छ ।  तालिममा दांग जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १२ जना कर्मचारीको सहभागिता रहेको छ जसमा गढवा गाउँ पालिका अन्तर्गत गंगापरस्पुर स्वास्थ्य चौकी र कोइलाबास स्वास्थ्य चौकीका १ -१ जना कर्मचारीको सहभागिता रहेको छ । प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठ द्वारा उद्घाटन गरिएको कार्यक्रममा यस परियोजनाका कार्यक्रम प्रबन्धक राजेन्द्र रुचालको उपस्थिति रहेको थियो ।  यस परियोजनाको बार्षिक कार्यक्रम अनुसार गढवा गाउँपालिका अन्तर्गतका स्वास्थ्य कर्मी हरुलाई विभिन्न तालिममा आर्थिक तथा प्राबिधिक सहयोग गर्ने कार्यक्रम रहेको छ ।


स्वास्थ्य आमा समूह
को बैठकको सहजीकरण
स्वास्थ्य आमा समूह को बैठकको सहजीकरणको लागि गत हप्ता आम्दा नेपाल का सामुदायिक स्वास्थ्य परिचालक हरु द्वारा गढवा गाउँपालिका अन्तर्गत वडा न. १ को बडाहरा, वडा न. ३ को गोबरडिहा र वडा न. ६ का वनकट्टी र खबरीमा गरि जम्मा ४ स्थानका स्वास्थ्य आमा समुहहरुको बैठक तथा छलफलमा प्राबिधिक सहयोग गरेका थिए ।


खोप
क्लिनिक तथा गाउँ घर क्लिनिकमा आम्दा नेपालको प्राबिधिक सहयोग 
आम्दा नेपालका सामुदायिक परिचालकद्वारा गोबरडिहा स्वास्थ्य चौकी र गढवा स्वास्थ्य चौकी अन्तर्गतका गाउँघर क्लिनिक र खोप क्लिनिकमा प्राबिधिक सहयोग गरेका छन् । परियोजनाका स्वास्थ्य परिचालक सुनिता चौधरी क्रमस गोबरडिहा स्वास्थ्य चौकी अन्तर्गत गोबरडिहा र  महदेवा, त्यस्तै अनुशा यादव ले गढवा स्वास्थ्य चौकी अन्तर्गत खबरी र राजा राम चौधरी ले गढवा स्वास्थ्य चौकी अन्तर्गत चन्दनपुर मा संचालित गाउँघर क्लिनिक तथा खोप क्लिनिकको सेवा प्रबाह मा प्राबिधिक सहयोग तथा सेवा ग्राही लाइ आबस्यक स्वास्थ्य शिक्षा प्रदान गर्नु भएको थियो ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.