Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-01-17
Expiry Date: 2023-01-22

आम्दा नेपाल

आम्दा अस्पताल

खरखरे, दमक, झापा

साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०७९।१०।०३ गते

(अवधि वि.सं. २०७९।०९।२६ देखि २०७९।१० ।०४ सम्म । ई.सं. २०२३, दोस्रो हप्ता)

१. Experience sharing on Critical care training तालिम संचालन बारे ।
यस आम्दा अस्पताल दमकमा Experience sharing on Critical care training १ दिने कार्यशाला सम्पन्न भएको छ उक्त कार्यक्रममा अस्पतालका स्टाफ नर्सहरुले सहभागीता जनाउनु भयो उक्त कार्यक्रममा प्रतिभा तिम्सिना  (स्टाफ नर्स) ज्युले कार्यक्रमको संचालन गर्नु भयो र अस्पतालको थप सुधार गर्न को लागी हाल Critical care मा देखा परेका समस्या हरुलाई हेरेर कमि कमजोरी सुधार गर्दै लैजाने बिषयमा थप छलफल सम्पन्न भयो उक्त कार्यक्रम आम्दा अस्पतालको स्तर उन्नति गर्न को लागी थप हौसला मिल्ने अस्पतालको मेट्रोन पुनम गौरोले जानकारी दिनुभयो ।
२. अस्पतालमा तोडफोड
मिति २०७९/०९/२४ गते आम्दा अस्पतालमा जन्मिएको बच्चाको मृत्यु भएको कारणले  आक्रोशित आफन्तले अस्पतालमा मिति २०७९/०९/२६ मा तोडफोड गरेको छन्। आमाको शल्यक्रियाबाट मिति २०७९/०९/२४ मा शिशुको जन्म भएको थियो | आक्रोशित आफन्त ले आम्दा अस्पतालको प्रसुती गृहमा तोडफोड गरेको र सिसी क्यामेरा फुटाएका  छन । प्रहरीका अनुसार पाँचथरको तुम्बेवा गाउँपालिकाकी रोषा कट्वाललाई आइतबार राति १०ः३० बजे शल्यक्रियामार्फत पुत्र लाभ भएको थियो । नवजात शिशुको अवस्था मंगलबार बिहानसम्म सामान्य रहेको तर अचानक बिहान ९ बजे शिशुमा समस्या देखिएपछि आचानक बच्चाको मृत्यु भएको हो । डिएसपी गिरीको पहलमा उहाकै कार्यकक्षमा पीडित पक्ष र अस्पताल प्रशासनबीच मंगलबार दिउँसो छलफल भई शिशुको लास आफन्तले अस्पतालबाट बुझी लगेका छन् |
३. SBA-Skill Birth Attendance 59th Batch Training सुरु ।
आम्दा अस्पताल दमकमा संचालन हुने SBA-Skill Birth Attendance को ५९ औ batch तालिम सुरु भएको छ उक्त तालिम कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी अस्पतालहरु बाट अस्पतालका ANM तथा Staff Nurse हरुले तालिममा सहभागीता जनाउनु भएको छ l


Experience sharing on Critica care training_AMDA Hospital, Damak

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.