Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-01-16
Expiry Date: 2024-01-21

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।१०।०२ गते, मंगलबार
अवधिः वि.सं. २०८०।०९।२२ देखि २०८०।०९।२८ गते सम्म
साप्ताहिक अंक: ०२/२०२४


१. वार्षिक कार्ययोजना
आम्दा नेपालको स्विकृत वार्षिक नीति, योजना र कार्यक्रम अनुरूप आ.व. २०८०/०८१ को वार्षिक कार्ययोजना अध्यावधिक गरिएको छ ।

२. PADOR नविकरण
आम्दा नेपालले र्इयु सम्वद्ध राष्ट्रहरूको सहयोग प्राप्त गर्न आवश्यक पूर्वसुची दर्ता सम्वन्धि PADOR नविकरण गरिएको छ ।

३. क्यान्सर परिक्षण परियोजनाको अन्तिम सर्भेक्षण
आम्दा नेपालले सञ्चालन गरेको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजनाको अन्तिम सर्भेक्षणको काम सम्पन्न भइ प्रारभ्मिक प्रतिवेदन सरोकारवालाहरूको पृष्ठपोषणका लागी उपलब्ध गराइएको छ ।

४. क्यान्सर परिक्षण परियोजनाका लागी प्रस्तावना पेश
आम्दा नेपालले सन् १ जनवरी २०२१ देखी सञ्चालन गरेको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजनाको म्याद ३१ डिसेम्बर २०२४ देखी समात्त भएकोमा सेवाग्राहीको आग्रह बमोजिम स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण लगायत अन्य केही नगर्ने रोग सम्वन्धि कार्यक्रम सञ्चालन लागी गोकर्णेश्वर नगरपालिकामा प्रस्तावना पेश गरिएको छ ।सर्भेक्षणको काम सम्पन्न भइ प्रारभ्मिक प्रतिवेदन सरोकारवालाहरूको पृष्ठपोषणका लागी उपलब्ध गराइएको छ ।

५. कार्यविधिको मस्यौदा तयार ।
आम्दा नेपालको संस्थागत क्षमता अभिवृद्दि गर्ने हेतुले चरणवद्द रूपमा गरिदै आएको सुधारको अभियान अन्तर्गत निम्न कार्यविधिहरूको अन्तिम मस्यौदा तयार भएको छ ।
आन्तरिक लेखापरिक्षण कार्यविधि​
 
६. नियमित साप्ताहिक बैठक
. बि.सं २०८०।१०।०१ गते सार्वजनिक विदाको कारणले सोमवारको दिन बस्ने नियमित साप्ताहिक बैठक हुन सकेन ।

धन्यबाद!

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.