Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-01-23
Expiry Date: 2023-01-29

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।१०।०९ गते, मंगलबार (इ.सं. २०२३ जनवरी २३)
(अवधि वि.सं. २०७९।१०।०१ देखि २०७९।१०।०७ सम्म । ई.सं. २०२३, ०३ औं हप्ता)
 
१. व्यबस्थापन कार्याशाला गोष्ठी
आम्दा नेपालले आ.व. २०७९/०८० को अर्ध वार्षिक प्रगति समिक्षा, बाँकी छ महिनाको कार्ययोजना र संस्थामा कार्यान्वयनमा रहेका वा लागु गर्नुपर्ने देखिएका नीति, नियमावली, निर्देशिका कार्यविधिहरुको  संशोधन/परिष्कृत/ निर्माण लगायतका विषयमा छलफल गर्न वि.सं. २०७९।१०। १४ र १५ गते व्यबस्थापन कार्यशाला गोष्ठि गर्ने भएको छ ।
२. स्तन तथा पाठेघर मुखको क्यान्सर शिविर सञ्चालन
स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं. ६ आम्दा नेपाल कार्यालयमा वि.सं २०७९।१०।०७ गते सञ्चालित परिक्षण शिविरमा जम्मा ५० जना महिलाहरुको स्तन र पाठेघर मुखको क्यान्सर परिक्षण भएको छ ।
३. कर्मचारी उमेर हदका कारण अवकाश
आम्दा नेपालमा केन्द्रिय कार्यालयमा विगत २५ वर्ष देखि गार्ड/पियन पदमा कार्यरत टिका प्रसाद अर्यालको योगदानको उच्च मुल्याङ्कन गर्दै उज्जल भविष्यको कामना सहित उमेर हदका कारण सेवावाट अवकाश दिईएको छ ।
४.
 
 
 
 
 
नियमित साप्ताहिक बैठक
प्रत्येक साताको सोमवार विहान ९ वजे केन्द्रीय कार्यालयमा सञ्चालन हुने नियमित साप्ताहिक बैठकमा वि.सं. २०७९।१०।०९ गते निम्न विषयहरूमा जानकारी प्राप्त भई छलफल र निर्णय गरियो ।
क. रिक्त पदमा पदपुर्ति
आम्दा नेपाल केन्द्रिय पदपुर्ति समितिले मिति २०७९।१०।०७ गते सिद्दार्थ वाल तथा महिला अस्पताल, बुटवलमा रिक्त रहेको स्रि रोग विषेशज्ञ पदमा एक जना र रेडियोग्राफर पदमा एक जना गरी जम्मा दुई वटा पदमा कर्मचारी छनौट गरिएको छ ।
ख. आपुर्तिकर्ता छनौट
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको दोस्रो तलाको बाँकि निर्माण कार्य सम्पन्न गर्न शिलबन्दि प्रस्ताव माग गर्न सूचना प्रकाशित गरिएकोमा रित पुर्वक प्राप्त भएका शिलबन्दि बोलपत्र प्रस्तावहरू मध्ये प्राविधिक रुपमा योग्य र आर्थिक प्रस्तावमा न्यूनतम मुल्य प्रस्ताव गर्ने श्री डि.आर. कन्सट्रक्सन, मेचीनगर-१०, झापालाई छनौट गरिएको छ ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.