Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-02-06
Expiry Date: 2023-02-12

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०७९।१०।२३ गते, मंगलबार (इ.सं. २०२३ फेब्रेवरी ६)
(अवधि वि.सं. २०७९।१०।१५ देखि २०७९।१०।२१ सम्म । ई.सं. २०२३, ०५ औं हप्ता)
 

१. विश्व क्यान्सर दिवस
आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना मार्फत गोकर्णेश्वर नगरपालिका वडा-१ को ओख्रेनी स्थित ईश्वरी आधारभुत विद्दालयको प्राङ्गणमा जन प्रतिनिधि, विषेशज्ञ चिकित्सक, नगरपालिकाका कर्मचारीहरु, स्थानिय ६० जना महिलाहरु लगायतको सहभागीतामा मिति २०७९।१०।२१ गते (४ फेब्रवरी २०२३) प्रशिक्षण तथा क्यान्सर सम्बन्धि जन-चेतना मुलक कार्यक्रम गरि विश्व क्यान्सर दिवस भव्यताका साथ मनाईयो ।

२. समाज कल्याण परिषद्को आवद्दता नविकरण ।
आम्दा नेपाल समाज कल्याण परिषद्मा आवद्द रहेकाले प्रत्येक तिन तिन वर्षमा समाज कल्याण परिषद्मा नविकरण हुनु पर्ने नियमानुसार वि.सं. २०८२ असार मसान्त सम्मका लागि नविकरण सम्पन्न भएको छ ।
Registration and Renewal (amda.org.np)


३. लिलामि  विक्रिको म्यादथपको सूचना प्रकाशन ।
नेपालको केन्द्रीय कार्यालयमा रहेका पुराना सवारी साधनहरू (मोटरसाईकल) लिलाम बिक्री हाल जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम विक्रि गर्न सूचना प्रकाशन गरिएकोमा खामबन्दि प्रस्ताव पेश गर्न मिति २०७९।१०।२६ गते सम्मका लागि म्याद थपको सूचना प्रकाशन गरिएको छ ।
https://www.jobsnepal.com/lilama-bikariko-mayadathapa-samavanadhi-sacana-127594


४. सूचीदर्ता अध्यावधिक गर्ने सूचना प्रकाशन ।
आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल/शैक्षिक कार्यक्रम/परियोजनाहरुमा आवश्यक वस्तु एवं सेवा आपूर्ति गर्न ईच्छुक, नेपाल सरकारबाट ईजाजत प्राप्त उत्पादक, आपूर्तिकर्ता, सेवा प्रदायकहरुको सूचि थप तथा अध्यावधिक गर्न वि.सं. २०७९ माघ २० गते ७ दिनको समयावधि राखि सूचना (008961/AMDA/Vendors/207980) प्रकाशित गरिएको छ ।
 
५. नियमित साप्ताहिक बैठक
वि.सं. २०७९।१०।२३ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. प्रणालीमा विवरण प्रविष्ट र प्रयोग ।
आम्दा नेपालले प्रयोगमा ल्याएका सफ्टवेयरहरूको व्यवस्थित प्रयोगका लागी भुमिका र जवाफदेहीता निर्धारण गर्ने र प्रयोगकर्ताहरूलाइ आवश्यक तालिमको व्यवस्था गर्न एक छुट्टै टिप्पणी तयार गर्ने निर्णय गरिएको छ ।
ख. क्यान्सर परिक्षण शिविर गर्ने ।
आम्दा नेपालले गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर आगामि वि.सं. २०७९ माघ २८ गते गोकर्णेश्वर नगरपालिका वडा नं. ६ स्थित चामुण्डा उच्च माध्यमिक विद्दालय, नारायणटारमा सञ्चालन गर्न आवश्यक व्यवस्था गर्ने निर्णय गरिएको छ ।

धन्यबाद
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.