Weekly News (W06_20210214_103_SCWH )
१. सि.बा.म. अस्पताल बुटवल, मिति २०७७।१०।२५ गते, आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलको आन्तरिक ब्यबस्थापन समितिको बैठक अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू को अध्यक्षतामा बिभिन्न बिषयमा छलफल गरी बैठक सम्पन्न भयो ।
२. सि.बा. म. अस्पताल मिति २०७७।१०।३० गते, अस्पताल साप्ताहिक सरसफाई कार्यक्रम अन्तर्गत अस्पतालको क्यान्टिन तर्फ सरसफाई सम्पन्न भयो । सरसफाई कार्यक्रममा यस अस्पतालमा कार्यरत करिव १५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।
३. सि.बा. म. अस्पताल मिति २०७७।१०।३० गते सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवल र लायन्स क्लब अफ बुटवल वीच अस्पतालमा बगैंचा निर्माणको लागी अनौपचारीक छलफल भयो । छलफलमा लायन्स क्लबको तर्फबाट आनन्द वझा, आर्किटेक्ट अस्मिता पौडेल र ई. अमन श्रेष्ठ त्यस्तै गरी अस्पतालको तर्फबाट डा. राजेन्द्र प्रसाद बस्याल र ध्रुब प्रसाद श्रेष्ठको सहभागिता रहेको थियो ।