Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-03-12
Expiry Date: 2024-02-18

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।१०।२९ गते, सोमवार
अवधिः वि.सं. २०८०।१०।२१ देखि २०८०।१०।२८ गते सम्म (ई.सं. २०२४, ०६ औं हप्ता) ।
साप्ताहिक अंक: ०६/२०२४


१. परामर्शदाता छनौट ।
आम्दा नेपालद्वारा सञ्चालित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन निर्देशिका/कार्यविधि तयार गर्न परामर्शदाताको प्रस्ताव माग गरिएकोमा सारभुत रुपमा योग्य उम्मेदवार श्री सुनिल सिग्देल छनौट हुनु भएको छ ।

२. आम्दा ईन्टरनेशनलमार्फत जापानिज विद्यार्थीहरूको नेपाल भ्रमण ।
नेपाल भ्रमणमा आम्दा ईन्टरनेशनलका परियोजना अधिकृत श्री अर्चना जोशीको नेतृत्वमा जम्मा २ जना नर्सिङ् विद्यार्थी र दुई जना विद्यालयस्तरका विद्यार्थी समेत जम्मा ५ जनाको टोली वि.सं. २०८०।१०।२० गते नेपाल आइ पुग्नु भएको छ । जापानिज पाहुनाहरुको नेपाल बसाई जम्मा ५ दिनको हुने छ । भ्रमण अवधिमा निजहरूले सिद्दार्थ वाल तथा महिला अस्पतालको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

३. नियमित साप्ताहिक बैठक
बि. सं. २०८०।१०।२९ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
मर्मत संभारः मर्मत संभारमा कार्यहरुलाई अध्यावधिक गर्ने । २०८०१११५ UPA सम्पन्न
कार्यक्रम स्वीकृती तथा नविकरणः संबन्धित निकायबाट परियोजनाहरुको स्विकृति लिने वा कार्यक्रम तथा संस्था नविकरणको कार्य अध्यावधिक गर्ने । २०८०१११५
UPA
साधारण सभाको प्रमाणित निर्णय प्रति प्राप्त हुन बाँकी
प्रतिवेदनः अर्ध बार्षिक प्रतिवेदन सार्वजनिक गर्ने । २०८०१११५ UPA

विवरण संकलन हुदै ।

 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
कार्यक्रम स्वीकृती अध्यावधिक गर्ने । अच्युत सापकोटा

२०८०११२५

नागरिक वडापत्र उमेश प्रसाद आचार्य २०८०११२५
ढाँचा तथा मापदण्ड सुदेश रेग्मी २०८०११२५
PIN and Documentation रामबाबु २०८०११२५
भौतिक परिक्षण गर्ने । रश्मी पुतुवार २०८०११२५
 
ग. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
हाते पुस्तिका तयार गर्नेः आम्दा नेपालका शैक्षिक कार्यक्रमहरुको व्यबस्थापन गर्ने उदेश्यले तयार गर्न लागिएको निर्देशिका/कार्यविधिलाई हाते पुस्तिकाको रुपमा प्रकाशन गर्ने ।
  •  

२०८००३१५

IRD CBMS आम्दा नेपालले विलिङ् गर्ने सफ्टवेयर प्रणालीलाई आन्तरिक राजश्व विभागको CBMS प्रणालीमा आवद्द गराइ आन्तरिक राजस्व कार्यालयमा जानकारी गराउने । रश्मी पुतुवारतथ रामबाबु देव

२०८०११२५

सामाजिक सुरक्षा कोष योगदान कबुलियतनामाः आम्दा नेपालमा कार्यरत कार्मचारीहरुले लामो समय बेतलवि विदामा बस्दा वा SSF मा नियमित मासिक योगदान नहुने अवस्थामा कर्मचारी स्वंय जिम्मेवार हुने किसिमको कबुलियतनामा तयार गर्ने । अच्युत सापकोटा

तत्कालै (परिपत्र मार्फत जानकारी गराउने )


४. गतहप्ताका गतिविधिका तस्विरहरू
Visit of Japanese students to Nepal through AMDA International_Central Office, Kathmandu_20240209

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.