Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-02-19
Expiry Date: 2024-02-25

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।११।०७ गते, सोमवार
अवधिः वि.सं. २०८०।१०।२९ देखि २०८०।११।०५ गते सम्म (ई.सं. २०२४, ०७ औं हप्ता) ।
साप्ताहिक अंक: ०७/२०२४


१. निर्माण कार्यका लागी सूचना प्रकाशन ।
आम्दा नेपालको केन्द्रिय कार्यालय, भवनको तेस्रो तलामा सभाहल तथा कम्पाउण्ड वाल निर्माणको बाँकी काम पुरा गर्नु पर्ने भएकाले मिति २०८०।११।०१ गते jobsnepal.com मार्फत ईच्छुक तथा ईजाजत प्राप्त फर्महरुबाट वि.सं. २०८०।११।१५ गते दिउसो २ वजे भित्र आम्दा नेपालको केन्द्रीय कार्यालय, काठमाण्डौंमा आई पुग्ने गरि शिलबन्दी बोलपत्र आह्वानको सूचना प्रकाशन गरिएको छ । विस्तृत जानकारी लागि आम्दा नेपालको वेवसाइट www.amda.org.np मा हेर्न सकिने व्यबस्था गरिएको छ ।

२. परामर्शदाताका लागी प्रस्ताव मागको सूचना प्रकाशन ।
आम्दा नेपाल अन्तर्गत सञ्चालित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक, झापामा रहेको शैक्षिक भवनको तेस्रो तलाको नक्साको आधारमा BoQ लगायतका शिलबन्दी बोलपत्र तयार गर्न मिति २०८०।११।०१ मा परामर्शदाता फर्म/कम्पनी सँग प्रस्ताव माग गरिएको छ ।

३. शैक्षिक कार्यक्रम व्यबस्थापन हस्तेपुस्तिका ।
आम्दा नेपाल र परमर्शदाता श्री सुनिल सिग्देल (शर्मा) विच सम्पन्न संझौता बमोजिम आम्दा नेपाल शैक्षिक कार्यक्रम व्यबस्थापन तथा सञ्चालन कार्यविधि/हस्तेपुस्तिका तयार गर्न सम्बन्धित निकायवाट प्राप्त सल्लाह सुझाव परामर्शदातालाई बुझाई सकेको र कार्यविधि तयारीको क्रममा रहेको छ ।

४. समझदारी हस्ताक्षर ।
आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिका विच महिलाहरूको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर तथा डायग्नोष्टिक सेवा सञ्चालन गर्न मिति २०८०।११।०४ गते समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

५. आम्दा नेपालका नव निर्वाचित अध्यक्षको भ्रमण ।
आम्दा नेपालका नवनिर्वाचित अध्यक्ष लगायत कार्य समितिका सदस्यहरु कोशी प्रदेशमा आम्दा नेपालले सञ्चालन गरेका कार्यक्रमहरुको दुई दिने भ्रमणमा मिति २०८०।११।०८ गते प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

६. विज्ञापन प्रकाशन ।
आम्दा नेपाल अन्तर्गत सञ्चालित सिद्दार्थ वाल तथा महिला अस्पताल, बुटवल र आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकका लागी आवश्यक जनशक्ति पदपुर्ति गर्न मिति २०८०।११।०४ मा बिज्ञापन प्रकाशन गरिएको छ ।
७. नियमित साप्ताहिक बैठक
बि. सं २०८०।११।०७ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
कार्यक्रम स्वीकृति अध्यावधिक गर्ने । अच्युत सापकोटा
२०८०११२५
सम्पन्न (समाज कल्याण परिषद्मा प्रस्तावना दर्ता भएको)
नागरिक वडापत्र २०८०११२५
उमेश प्रसाद आचार्य
सम्पन्न
ढाँचा तथा मापदण्ड २०८०११२५
सुदेश रेग्मी

सम्पन्न

PIN and Documentation २०८०११२५
रामबाबु

सम्पन्न

 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
स्थानिय व्यबस्थापन समिति अध्यावधिक गर्नेः यस विचमा स्थानिय व्यबस्थापन समितिमा कुनै परिवर्तन भएकोमा सो को विवरण र बैठक सम्पन्न भएको भए अध्यावधिक गर्ने । उमेश प्रसाद आचार्य

२०८०१२०१

 
 ग. 
बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
सिमकार्ड खरिद गर्नेः आम्दा नेपालले दिने सेवामा लाग्ने शुल्क QR-Code मार्फत लिन, ICT  मा प्रयोग गर्न र विदेशी  पाउनाहरुलाई प्रयोग गर्न दिने गरि जम्मा तीन थान सिमकार्ड खरिद गर्ने । उमेश प्रसाद आचार्य

२०८०१२०१


धन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.