Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-02-26
Expiry Date: 2024-03-04

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा

साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।११।१४ गते
(अवधि वि.सं. २०८०।११।०७  देखि २०८०।११।१३ सम्म । ई.सं. २०२४, ०८ औं हप्ता)

१. आम्दा नेपालको नवनिर्बाचित समीती बाट आम्दा अस्पताल दमकको निरीक्षण सम्पन्न भयो l
मिति २०८० साल फाल्गुन ९ गते आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलाल, सदस्य डा. यज्ञ राज पाठक, प्रशासन बाट उमेश आचार्य सहितको टोलीले आम्दा अस्पताल, दमकको भ्रमण गर्यो l उक्त भ्रमणका क्रममा अस्पतालका गतिविधिहरुको जानकारी लिनुहुदै छोटो भेटघाट कार्यक्रममा आम्दा नेपालको सह-सचिब र आम्दा अस्पतालका डा. नबिन ढकाल, अस्पतालका मेशु. डा. प्रकाश शर्मा, प्रशासन प्रमुख सुमन कुमार नेपाल, भिम धमला, मेट्रोन पुनम गौरो, तालिम संयाजक टिका देवी सुबेदी लगायत अन्य कर्मचारीहरु र अस्पतालका विभिन्न वार्ड इन्चार्जहरुसंग अस्पतालको सदुढीकरण, विकास र अस्पतालको समृद्धिको बिषयहरुमा छलफल भयो l उक्त बैठकमा सम्बन्धित वार्ड इन्चार्जहरु संग अस्पतालका सेवाहरु ब्यबस्थित र प्रभावकारी कार्यन्वयन गर्न सम्बन्धित कार्यस्थलमै अन्तरक्रिया, प्रश्नोत्तर र अवलोकन गरि अस्पतालको प्रगतिका सम्बन्धमा आवश्यक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

धन्यवाद,

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.