आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।११।१६ देखि २०७९।११।२२ सम्म । ई.सं. २०२३, ९ औं हप्ता)
१. | आम्दा अस्पताल दमकमा AMDA DAY मनाइएको सम्बन्धमा । |
श्री आम्दा अस्पताल, दमक २, झापामा आम्दा नेपालको स्थापना दिवशको अवसरमा AMDA DAY कार्यक्रम मितिः २०७९।११।२० गते ३२ औँ "AMDA DAY" कार्यक्रम यस आम्दा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल तथा जुश वितरण गरि मनाइयो साथै उक्त दिन अस्पतालको OPD सेवा निशुल्क संचालन भयो l उक्त कार्यक्रमको उद्घाटन डा.प्रकाश शर्माले गर्नु भएको थियो, साथै उक्त कार्यक्रममा आम्दा अस्पतालबाट सुमन कुमार नेपाल, टिका सुबेदी र पुनम गौरो लगायत अन्य अस्पतालका कर्मचारीहरुले कार्यक्रममा सहभागी जनाउनु भयो l उक्त कार्यक्रमले अस्पताल र बिरामी पक्ष बीच सौहार्दपूर्ण बातावरण तयार गर्ने र अस्पतालको दिगो बिकाशमा टेवा पुरयाउने बिषयमा अस्पतालका मेडिकल सुपरिन्टेण्डेट डा.प्रकाश शर्माले जानकारी दिनुभयो । |

Fruits Distribution_AMDA Hospital_20791120