Published Date: 2025-03-10
Expiry Date: 2025-03-16
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
प्रकाशन मितिः २०८१।११।२६ गते, सोमवार
(अवधि वि.सं. २०८१।११।१९ देखि २०८०।११।२५ सम्म । इ.सं. २०२४, १०औं हप्ता)
मिति २०८१ फागुन २० गते मंगलबारका दिन ३४ औं आम्दा नेपालको वार्षिक उत्सवको अवसर खेलकुद सप्ताह, रक्तदान कार्यक्रम र खेल्कुद कार्यक्रममा बिजयी खेलाडीहरूलार्इ पुरस्कार वितरण आदि कार्यक्रमका गरी मनाइयो |
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत प्रविणता प्रमाण पत्र तह नर्सिंग प्रथम वर्षका ४० जना विद्यार्थीहरुलाई क्रमशः एन.एम.सी. डेरी उद्योग, मेचीनगर, झापामा Milk Pasteurization process को लागि मिति २०८१ फागुन २१ गते र एस.ओ.एस. बालग्राम, इटहरी, मोरङमा मिति २०८१ फागुन २३ गते अवलोकन भ्रमणमा लगिएका थिए।
- महिला हिन्सा विरुद्धको कार्यक्रम
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक-२, झापामा अध्ययनरत विद्यार्थीहरुलाई मिति २०८१ फागुन २५ गते दमक नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको महिला हिन्सा विरुद्धको कार्यक्रममा सहभागी भएका थिए।
- माध्यामिक तहका विद्यार्थीहरूको अवलोकन भ्रमण
श्री भृकुटी माध्यमिक विद्यालय, भाङबारी, झापामा अध्ययनरत कक्षा-९ र १० का छात्र, छात्राले मिति २०८१ फागुन २५ गते आइतबारको दिन यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक-२ मा सञ्चालित शैक्षिक कार्यक्रमहरूको अवलोकन भ्रमण गरेका थिए |
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक शैक्षिक सत्र २०८१/२०८२ मा नर्सिंग पहिलो, दोश्रो, र तेश्रो, सामान्य चिकित्सा पहिलो, दोश्रो र तेश्रो, मेडिकल ल्याब टेक्नोलोजी पहिलो, दोश्रो, र तेश्रो, फिजियोथेरापी पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुको निरन्तर रुपमा पठनपाठन सञ्चालन भइरहेको छ |
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत प्रविणता प्रमाण पत्र तह सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्षका विद्यार्थीहरुलाई Eye Posting का लागि बिर्ताज्योति आखाँ अस्पताल, दमकमा मिति: २०८१ फागुन १८ गते देखि पठाइएको छ |
- Comprehensive Community Field Practicum
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत प्रविणता प्रमाण पत्र तह सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्षका विद्यार्थीहरुलाई Comprehensive Community Field Practicum Posting का लागि प्राथमिक स्वास्थ्य केन्द्र धुलावारीमा मिति: २०८१ फागुन १८ गते देखि पठाइएको छ |
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत सामान्य चिकित्सा दोश्रो वर्षका विद्यार्थीहरुलाई पहिलो समूह लखनपुर स्वास्थ्य चौकी र दोश्रो समूह गौरादह नगर अस्पताल Community Field Posting को लागी मिति: २०८१ फागुन ११ गते देखि पठाइएको छ |
- प्राथमिक स्वास्थ्य केन्द्र नेतृत्व र व्यवस्थापन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत प्रविणता प्रमाण पत्र तह नर्सिंग तेश्रो वर्षका विद्यार्थीहरुलाई पाठ्यक्रम अनुसार एक महिने प्राथमिक स्वास्थ्य केन्द्र नेतृत्व र व्यवस्थापनका लागि मिति २०८१ फागुन १७ गते देखि प्राथमिक स्वास्थ्य केन्द्र लेटाङ्ग मा पठाइएको छ |