Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-03-18
Expiry Date: 2024-03-25

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१२।०५ गते
(अवधि वि.सं. २०८०।११।२८  देखि २०८०।१२।०४ सम्म ई.सं. २०२४, ११ औं हप्ता)
 
१. स्वास्थ्य बिमा बोर्डबाट प्रदान गरिने Real Time Claim सम्बन्धी अभिमुखिकरण कार्यक्रममा सहभागी सम्बन्धमा l
यही मिति २०८० साल चैत्र ०१ गते बिहान ११:०० बजे देखी सुरु हुने स्वास्थ्य बिमा बोर्ड बाट प्रदान गरीने Real Time Claim सम्बन्धि अभिमुखिकरण कार्यक्रम, आम्दा अस्पतालको, दमकको तालीम हलमा अस्पतालमा कार्यरत सम्पूर्ण वार्ड इन्चार्जहरु, काउन्टर, बिमा फार्मेसी, क्यास फार्मेशी, ल्याब शाखा, क्लेम शाखा मा कार्यरत कर्मचारीहरुलाई Virtual Meeting मा समाबेश गरि सम्पन्न भयो ।
 
२. आम्दा अस्पतालको Ward Incharge हरुको नियमित बैठक सम्पन्न भएको छ l
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०८०।११।२७ गते अस्पताल वार्ड इन्चार्जहरुको नियमित बैठक सम्पन्न भएको छ l अस्पताल ward का समस्याहरुका बिषयहरुमा छलफल भएको हो l समस्याहरु बारे छलफल गरि विविन्न समस्याहरु आगामी दिनमा चाडै समाधान हुने अस्पताल मेट्रोनले बिस्वाश दिलाउनु भयो l उक्त कार्यक्रम बारेमा OPD ward इन्चार्ज श्री रक्क्षा अधिकारीले जानकारी दिनुभयो l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.