Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-03-26
Expiry Date: 2024-03-30

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।१२।१२ गते, सोमवार
अवधिः वि.सं. २०८०।१२।०४ देखि २०८०।१२।११ गते सम्म (ई.सं. २०२४, १२ हप्ता) ।
साप्ताहिक अंक: १२/२०२४
 
१. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद कार्यालयबाट अनुगमन :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) लुम्बिनी प्रदेश कार्यालयबाट अनुगमन कार्य सम्पन भएको छ | अनुगमनका क्रममा प्रतिष्ठानमा भएका कमि कमजोरीलाई आगामी दिनमा सुधार गर्दै लैजानु पर्ने सुझाब दिनुका साथै प्रतिष्ठानले पहिलो बर्षको छोटो समयमा  गरेको सम्पूर्ण व्यवस्थापनको प्रशंसा गर्नु भएको थियो |   

२. बिधार्थीहरुलाई प्रयोगात्मक शिक्षाका  लागि प्रयोगशालामा  posting  :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अध्ययनरत डिप्लोमा इन फार्मसी तथा सामान्य चिकित्साका विधार्थीहरुलाई प्रयोगात्मक शिक्षाका लागि प्रयोग्शाला posting शुरु भएको छ |
  
३. वडा कार्यालयबाट स्वागत कार्यक्रम :
बुटवल उपमहानगर पालिका वडा न. ७ कार्यालयबाट नव नियुक्त हुनुभएका मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोद कुमार पराजुलीलाई र यस स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रिन्सिपल सरिता रावललाई वडा अध्यक्ष श्री पदम गह ज्यूले आफ्नो कार्यकक्षमा निमन्त्रणा गरि  स्वागत गर्नु भएको छ |
 
गतहप्ताका गतिविधिका तस्विरहरू​
व्यावहारिक शिक्षाको लागि प्रयोगशालामा विद्यार्थीहरूको पोस्टिंग वडा कार्यालयबाट स्वागत कार्यक्रम

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.