आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।१२।२८ देखि २०८०।०१।०४ सम्म । ई.सं. २०२३, १५ औं हप्ता)
१. | ROUSG तालिमको उद्घाटन र संचालन बारे । |
श्री सामाजिक तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश सरकार, पोखराको आयोजनामा मिति २०७९/१२/२४ देखि यस आम्दा अस्पताल दमकमा ७१ औ "ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" सम्बन्धि तालिम संचालन सुरु भएको छ l तालिमको उद्घाटन कार्यक्रममा यस अस्पताल प्रमुख डा. प्रकाश शर्मा ले गर्नु भयो, उक्त कार्यक्रमको प्रथम दिनको एजेन्डाहरुमा Opening and welcome, Introduction participants expections, Course overview, Daily activities, Registration document collections, Pre-course knowledge assessment, Course material overview, Overview of ROUSG program and ethical consideration, Basics of Ultrasound unit, Summary बारे जानकारी आदानप्रदान भयो l ROUSG तालिमको Trainer को रुपमा यस अस्पतालबाट डा. पुरुषोत्तम माझी, टिका सुबेदी र पुनम गौरो रहनुभएको छ l उक्त तालिमले SBA तालिम प्राप्त नर्शिंग कर्मचारीहरु लाई उक्त मेशिन संचालन गर्न साथै अल्ट्रासाउन्ड सम्बन्धि बिबिध जानकारी दिने, तालिमको उद्घाटनमा डा. प्रकाश शर्माले जानकारी दिनुभयो । | |
२. | आम्दा अस्पतालमा ४२ दिने OTTM तालिम सम्पन्न भएको छ । |
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०७९।१२।२५ गते राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, काठमाडौँ र NHTC को support मा प्रदेश १ कै पहिलो "OTTM-Operation theatre technique and Management" तालिम/कार्यक्रम यस आम्दा अस्पताल दमकमा सम्पन्न भएको छ l मिति २०७९।११।१४ गते संचालन सुरु भएको उक्त तालिमको समापन आम्दा अस्पतालका मेडिकल सुपरिन्टेंन्डेन्ट डा. प्रकाशले गर्नु भयो समापन कार्यक्रममा यस तालिमले यस अस्पताल रहेको अपेरेशन थिएटरको गुणस्तरमा सुधार हुने डा.शर्माले जानकारी दिनुभयो l उक्त तालिमको Trainer को रुपमा कमला घिमिरे, बिमला भट्टराई र शारदा बस्नेत रहनुभएको थियो l उक्त तालिम डा.बिम्ला बुढाथोकी, डा. नबिन ढकाल, डा. शिखर कट्टेल, डा. अरुण शाह, पुनम गौरो र टिका सुबेदीको प्रतक्ष्य निगरानीमा संचालन भयको थियो l अस्पताल बाट सहभागीको रुपमा श्री गोमा निरौला, बिनुका भुजेल, मेनुका राउत र शोभा पौडेलले तालिमको लाभ लिनुभयो l ४२ दिनसम्म संचालन भएको उक्त तालिमले Operation Theatre सम्बन्धि विभिन्न जानकारी प्राप्त गरेको OTTM तालिम संयोजक कमला घिमिरेले जानकारी दिनुभयो । |
Photos
