Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-04-09
Expiry Date: 2023-04-15

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ

साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८०।०१।०४ गते, सोमवार (इ.सं. २०२३ अप्रिल १७) (अवधि वि.सं. २०७९।१२।२६ देखि २०८०।०१।०२ सम्म । ई.सं. २०२३, १५औं हप्ता)

१. अन्तरवार्ताका लागि सूचना प्रकाशन

आम्दा नेपालले सि.बा.म. अस्पतालमा रिक्त अस्पताल प्रशासक पदमा पदपुर्तिका लागि प्रकाशन गरेको सूचना बमोजिम प्राप्त निवेदनहरुको वि.सं. २०८०।०१।०२ गते लिखित परिक्षा सम्पन्न भएको छ । लिखित परिक्षाबाट अन्तरवार्ता एवं सिप परिक्षणका लागी छनौट भएका उमेद्वारहरूको वि.सं. २०८०।०१।०५ गते अन्तरवार्ता हुने कार्यक्रम रहेको छ ।

२. पदपुर्तिको सूचना प्रकाशन

आम्दा नेपाल केन्द्रिय कार्यालयमा कार्यरत वित्त नियन्त्रक (Finance Controller) र दन्त चिकित्सक (Dental Officer) ले पदबाट राजिनामा दिनु भएकाले सो रिक्त पदमा पदपुर्ति गर्न आम्दा नेपालले वि.सं २०७९।१२।२४ गते सूचना ००९०६४/०७/२०७९/८० प्रकाशन गरिएको छ ।

३. नियमित साप्ताहिक बैठक

वि.सं. २०८०।०१।०४ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।

आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।

ख. बैठकको निर्णय ।

- आम्दा नेपाल अन्तर्गत सञ्चलित सम्पुर्ण अस्पतालहरुको विस्तृत परियोजना प्रतिबेदन तयार गर्ने निर्णय गरियो ।

- आ.व. २०८०/०८१ का लागी वार्षिक नीति, योजना, कार्यक्रम र वजेट प्राथमिकताका साथ बैशाख ९ गते अगावै मस्यौदा तयार गर्ने ।

ग. यस हप्ता गर्नु पर्ने कार्यहरुको विवरण

- दर्ता नविकरण अध्यावधिक गर्ने ।

- तालिम तथा अभिमुखिकरण गर्ने ।

- त्रैमासिक समिक्षा (क्यान्सर परियोजना)

घ. अन्य

- Software selection/review

- On-line job application

धन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.