Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-04-22
Expiry Date: 2024-04-27

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०१।१० गते, सोमवार
अवधिः वि.सं. २०८१।०१।०२ देखि २०८१।०१।०८ गतेसम्म (ई.सं. २०२४, १६औं हप्ता) ।
साप्ताहिक अंक: १/२०२४
 
१. संचारकर्मीहरू बीच शुभकामना आदान-प्रदान कार्यक्रम        
मिति २०८१/०१/०४ गतेका दिन मे.सु. डा. बिनोद कुमार पराजुलीज्यूको अध्यक्षतामा नयाँ वर्ष २०८१ को अवसरमा संचारकर्मी बिच शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भयो । बुटवल उप-महानगरपालिकाका प्रमुख श्री खेलराज पाण्डेय तथा बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीका अध्यक्ष श्री हरि प्रसाद अर्याल विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा बुटवल उ.म.न.पा. वडा नं. ७ का अध्यक्ष श्री पदम राज गाहा एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य श्री भवानी प्रसाद पाण्डे अतिथिका रूपमा रहनुभएको थियो । स्वागत एवं शुभकामना मन्तव्यका क्रममा  मे.सु. डा. बिनोद कुमार पराजुलीज्यूले अस्पतालको परिचय दिंदै अस्पताल सबैको साझा भएको हुनाले यसको प्रभावकारी संचालन एवं विकासमा सबैको साझा उत्तरदायित्व रहने विचार व्यक्त गर्नुभयो भने सबै वक्ताले अस्पताललाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
 
२. पाठेघरको मुखको क्यान्सरको सफल शल्यक्रिया सम्पन्न
    सि. बा.म. अस्पतालमा बुटवल -११, देवीनगर निवासी ७५ वर्षीय शोभा के.सि. को पाठेघरको मुखको पहिलो चरण (स्टेज १ बि टु) क्यान्सरको सफल शल्यक्रिया सम्पन्न भएको छ । स्त्री क्यान्सररोग विशेषज्ञ डा. नारायण बहादुर जि.सी. को नेतृत्वमा मिति २०८०/१२/२८ गते सम्पन्न शल्यक्रिया पश्चात स्वास्थ्यलाभ लिई मिति २०८१/०१/०४ मा सेवाग्राही घरफिर्ता हुनुभएको । अस्पताल परिवार उहाँको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दछ ।
 
३. फोहोर व्यवस्थापन सुझाव समितिको बैठक सम्पन्न        
मिति २०८०/१२/०४ गतेका दिन बसेको सिद्धार्थ बाल तथा महिला अस्पताल, स्थानीय व्यवस्थापन समितिको बैठकले गरेको निर्णय बमोजिम गठित फोहोर व्यवस्थापन सुझाव समितिको बैठक समिति संयोजक एवं स्थानीय व्यवस्थापन समिति सदस्य श्री बोनिन पियाज्यूको अध्यक्षतामा मिति २०८१/०१/३ गतेका दिन बस्यो । स्थानीय व्यवस्थापन समिति सदस्य श्री बिर बहादुर लामा, मेट्रोन श्री सुशिला विश्वकर्मा तथा प्रशासक श्री खगेन्द्र क्षेत्री सहितको ४ सदस्यीय समितिले वर्तमानमा प्रचलित फोहोर व्यवस्थापन विधिको अध्ययन गर्ने, अस्पतालको फोहोर व्यवस्थापन अभ्यास अध्ययन र अवलोकन गर्ने र आवस्यक सुझाव सिफारिस गर्ने निर्णय गर्यो । बैठकमा आमन्त्रित सदस्यको रूपमा मे.सु.डा. बिनोद कुमार पराजुलीज्यूको समेत उपस्थिति रहेको थियो ।
 
४. विभिन्न संचार माध्यममा अन्तरक्रिया         
यो हप्ता विभिन्न संचार माध्यमहरूले  मे.सु. डा. बिनोद कुमार पराजुलीज्यूको अन्तर्वार्ता लिएका छन  । राज्य टेलिभिजन, रेडियो मुक्ति लगायतका संचार केन्द्रबाट प्रसारित अन्तर्वार्ताका माध्यमद्वारा जनता माझ अस्पतालबाट प्रदान भैरहेको सेवाबारे जानकारी प्रभावकारी रूपमा पुगेको छ ।
 
५. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक आइतवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८१/०१/०३ गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो  र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो ।
 
६. गत हप्तताका स्विरहरू:

 
नयाँ वर्ष २०८१ को अवसरमा संचारकर्मी बिच शुभकामना आदान-प्रदान कार्यक्रम_ सिद्धार्थ बाल तथा महिला अस्पताल_२०८१०१०४
क्यान्सरको सफल शल्यक्रियाका सम्बन्धमा प्रकाशित समाचारहरू

धन्यवाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.