दमक, झापा
प्रकाशन मितिः २०८१।०१।१० गते, सोमवार
(अवधि वि.सं. २०८१।०१।०३ देखि २०८१।०१।०९ सम्म । इ.सं. २०२४, १६ औं हप्ता)
१. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
२. क्लिनिकल पोष्टिङ्ग
नर्सिङ्ग कार्यक्रम दोश्रो र तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको पाठ्यक्रममा आधारित क्लिनिकल पोष्टिङ्ग निरन्तर सञ्चालन भइरहेको छ।
३. व्यापक क्लिनिकल पोस्टिङ्ग
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकका सामान्य चिकित्सा कार्यक्रम तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुको व्यापक क्लिनिकल पोस्टिङ्ग मिति २०८१/०१/०३ देखि २०८१/०४/३१ गते सम्मका लागि आम्दा मेची अस्पताल, धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र र आम्दा अस्पताल दमकमा पठाइएको छ।