Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-05-15
Expiry Date: 2024-05-18

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०१।३२ गते, सोमवार
अवधिः वि.सं. २०८१।०१।२३ देखि २०८१।०१।२९  गतेसम्म (ई.सं. २०२४, १९औं हप्ता) ।
साप्ताहिक अंक: १९/२०२४
 
१. अन्तर्राष्ट्रिय नर्स दिवसमा आयोजित विभिन्न कार्यक्रममा सहभागिता  
मे १२ मा पर्ने अन्तर्राष्ट्रिय नर्स दिवस विभिन्न कार्यक्रम आयोजना गरेर/सहभागिता जनाएर मनाइयो ।
. मिति २०८१/०१/२४ गतेका दिन सिद्धार्थनगर सिटि हस्पिटलद्वारा आयोजित वक्तृत्वकला तथा हाजिरीजवाफ प्रतियोगितामा सि.बा.म. अस्पतालको सहभागिता भई वक्तृत्वकला प्रतियोगितामा तृतीय स्थान प्राप्त ।
. मिति २०८१/०१/३० गतेका दिन आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा अन्तर्राष्ट्रिय नर्स दिवस विशेष कार्यक्रम आयोजित गरियो र सोहि दिन सि.बा.म. अस्पतालका नर्सहरूद्वारा पनि दिवस विशेष कार्यक्रमको आयोजना भयो ।          
 
२. आम्दा-नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालमा ‘अपरेशन थिएटर व्यवस्थापन सम्बन्धी तालिम’ शुरुवात
मिति २०८१/०१/२६ गतेका दिन आम्दा-नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालमा ‘अपरेशन थिएटर व्यवस्थापन सम्बन्धी तालिम’ शुरुवात भयो । सि.बा.म. अस्पतालका मे.सु. डा. बिनोद कुमार पराजुलीज्यूको अध्यक्षतामा संचालित यस ४२ दिने तालिमको उद्घाटन सत्रमा लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्र प्रमुख श्री महेश्वर श्रेष्ठ, उप-प्रमुख श्री भुवन कुँवर, सि..बा.म.अस्पतालका मेट्रोन श्री सुशिला विश्वकर्मा र प्रशासक श्री खगेन्द्र क्षेत्री उपस्थित रहनुभएको थियो । मिति २०८१/०१/२६ गतेदेखि ४२ दिनसम्म संचालन हुने उक्त तालिम श्री राधा हेमचुरीज्यूको संयोजकत्वमा संचालन हुनेछ भने श्री धनिसरा कंवर, श्री भोजकुमारी भुषाल र श्री रमी थापा प्रशिक्षकको रूपमा रहनुभएको छ ।
 
. आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिंग प्रमाण-पत्रका विद्यार्थीहरूको सामुदायिक अध्ययनको प्रस्तुतीकरणमा सहभागिता
मिति २०८१ बैशाख २८ गतेका दिन आम्दा-नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल, आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यनरत नर्सिंग प्रमाण-पत्रका विद्यार्थीहरूले गरेको एक महिने सामुदायिक अध्ययनको प्रस्तुतीकरण गरे । नर्सिंग प्रमाण-पत्र तहमा अध्ययनरत विद्यार्थी श्री दुर्गा पाण्डेज्यूको अध्यक्षतामा संचालित उक्त प्रस्तुतीकरण कार्यक्रमको प्रमुख अतिथि सिद्धार्थ बाल तथा महिला अस्पतालका मे.सु. डा. बिनोद कुमार पराजुली रहनुभएको थियो । देवदह-१० का वडाध्यक्ष, सि.बा.म. अस्पतालका मेट्रोन लगायतको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय गाउँबासीको उल्लेख्य सहभागिता रहेको थियो । विद्यार्थीहरूले देवदह-१० स्थित चरंगेको ३ नम्बर टोलमा विगत एक महिनादेखि अध्ययन गरेका थिए ।
 
४. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक सोमवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८१/०१/२४ गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो  र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो ।
 
धन्यवाद !
 
 
 
तस्विरहरू:
अन्तर्राष्ट्रिय नर्स दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रमहरू आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यक्रममा मे.सु. डा. बिनोद कुमार पराजुलीज्यू  - सि.बा.म. अस्पतालमा दिवस मनाइंदै - सिद्धार्थनगर सिटि हस्पिटलद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्राप्त तृतीय पुरस्कार
    
२०८१/०१/२६ गतेदेखि ४२ दिनसम्म संचालन हुने ‘अपरेशन थिएटर व्यवस्थापन सम्बन्धी तालिम’को उद्घाटन सत्रको दृश्य  
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.