Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-05-15
Expiry Date: 2024-05-18

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०१।३१ गते, सोमवार
अवधिः वि.सं. २०८१।०१।२४ देखि २०८१।०१।३० गते सम्म (ई.सं. २०२४, १९ हप्ता)
साप्ताहिक अंक: १९/२०२४

१. Community Posting समापन कार्यक्रम सम्पन्न 
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा अध्ययनरत नर्सिंग  विधार्थीहरुको वैशाख २ गतेबाट १ महिना देवदह १० चा चरंगेमा गरिएको community Posting सम्पन्न भएको छ | सो कार्यक्रमको समापन मिति २०८१ साल वैशाख २८ गते  शुक्रबारका दिन कोलिय  माध्यमिक विधालयमा चंरंगेमा भव्यताका साथ गरिएको थियो | उक्त कार्यक्रम नर्सिंग विधार्थी श्री दुर्गा पाण्डे अध्यक्षता गर्नु भएको थियो भने अतिथिमा   उक्त वडाका वडा अध्यक्ष श्री एक बहादुर सुनार सि.बा.म. अस्पतालका मे.सु. डा. बिनोद कुमार पराजुली ज्यू , उक्त विधालयका प्राचार्य श्री राजेन्द्र पराजुली यस प्रतिष्ठानका प्राचार्य श्री सरिता रावल सि.बा.म. अस्पतालका प्रशासक खगेन्द्र बहादुर क्षेत्री मेट्रोन शुसिला बिस्वकर्मा यस प्रतिष्ठानका शिक्षक शिक्षिका तथा चरंगे टोल न. ३ का वडा बासीहरुको उल्लेखनिय सहभागिता भएको थियो |
 
.International Nursing Day कार्यक्रम 
मिति २०८१.०१.३० गते(12 May 2024)का  दिन आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा २०४औ International Nursing Day भव्मायताका साथ मनाइएको छ | उक्त कार्यक्रममा सि.बा.म. अस्पतालका मे.सु. डा. बिनोद पराजुली ज्यू ,प्रतिष्ठानका प्राचार्य श्री सरिता रावलज्यूबाट Florence Nightingale को फोटोमा  माल्यार्पण गरि विधार्थीलाई नर्सिंग पेशा को महत्व  यसको जिम्मेवारी र देशको आवश्यकताका बारेमा जानकारीका साथ साथै शुभकामना प्रदान गर्नु भएको थियो [ सोहि अवशरमा विधार्थीहरुबाट शिक्षालय परिषरमा बृक्षारोपण,सि.बा.म.अस्पतालमा कार्यरत नर्सिंग कर्मचारीहरुलाई चकलेट, पेन उपहार स्वरूप प्रदान गरेका थिए |

३. Inter hospital Speech competition मा सभागीता 
असल,प्रभावकारी तथा समय अनुकुल मार्गदर्शन प्रदान गर्ने  नेतृत्व यस प्रतिष्ठानका प्राचार्य श्री सरिता रावल लगायत सम्पुर्ण शिक्षक शिक्षिकाको दिशानिर्देशबाट  कुशल प्रतिभाकी धनि आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा अध्ययनरत नर्सिंग विधार्थी सुश्री अश्मी श्रेष्ठले रुपन्देही जिल्लामा भएका अस्पतालहरु बिचको Inter Hospital Speech Competition 2024  प्रतियोगितामा सहभागी भई  तृतीय स्थान हासिल गरेर आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत सम्पूर्ण आम्दा नेपाल परिवारको नाम राख्न सफल भएकी छन् ] निजलाई बधाई  तथा शुभ कामना |    

धन्यबाद !
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.