Published Date: 2024-05-20
Expiry Date: 2024-05-25
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०२।०७ गते, सोमबार
अवधिः वि.सं. २०८१।०१।३० देखि वि.सं. २०८१।०२।०५ गते सम्म (ई.सं. २०२४, २० औं हप्ता) ।
साप्ताहिक अंक: २०/२०२४
१. प्रि विड बैठक सम्पन्न ।
आम्दा नेपाललेस्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको तेश्रो तला निर्माणका लागी वि.सं. २०८१।०१।२१ गते प्रकाशन गरेको सुचना नं. ९९०१ को सन्दर्भमा इच्छुक बोलपत्रदाताहरूका लागी वि.सं. २०८१।०१।३१ गते प्रि विड बैठक सम्पन्न भएको छ ।
२. कार्यक्रम निर्देशकको जिम्मेवारी
वि.सं. २०८१।०१।१९ गते सम्पन्न कार्यकारिणी समिति बैठकको निर्णयानुसार आम्दा नेपालका मुख्य प्रशासक सुदेश रेग्मीलाइ २०८१।०२।०१ गते देखी लागु हुने गरी कार्यक्रम निर्देशक पदमा पदस्थापन सहित जिम्मेवारी तोकिएको छ ।
३. CCSP/Thermal Ablation तालिम ।
आम्दा नेपालले गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण परियोजना मार्फत स्वास्थ्यकर्मीहरूको क्षमता विकाशका लागी CCSP/Thermal Ablation तालिम सञ्चालन गर्न लागेकोमा सहभागितका लागी मनोनयन गरी पठाइदिन नगरपालिका लाइ वि.सं. २०८१।०२।०१ गते अनुरोध गरिएको छ ।
४. आपूर्तिकर्ता छनौट ।
आम्दा नेपालले वि.सं. २०८१।०१।११ गते प्रकाशन गरेको सुचना वमोजिम रितपूर्वक प्राप्त बोलपत्रहरू वि.सं गते खोलिएकोमा सारभुतरूपमा योग्य बोलपत्रदाता श्री वर्ड डिस्ट्रिवुसन प्रा.लि. प्रस्ताव वि.सं. २०८१।०२।०१ गते छनौट गरी जम्मा रू. १२,२२,६६०।०० मूल्यका कार्यालय उपकरण खरिद गर्ने व्यवस्था भएको छ ।
५. इपिक परियोजनाको अनुगमन मूल्याङ्कन ।
आम्दा नेपालले कोशी प्रदेशका झापा, मोरङ्, सुन्सरी र इलाम जिल्लामा सञ्चालन गर्दै आएको इपिक परियोजनाको अनुगमन मूल्याङ्कनका क्रममा समाज कल्याण परिषद् बाट खटिएको टोलीले वि.सं. २०८१।०२।०४ र ०५ गते परियोजनाको स्थलगत निरिक्षण सम्पन्न गरेको छ । परियोजनाको स्थलगत निरिक्षणमा समाज कल्याण परिषद्बाट निर्देशक श्री दिपेन्द्र पन्त र आम्दा नेपालका कार्यक्रम निर्देशक श्री सुदेश रेग्मी समेत सहभागी रहनु भएको थियो ।
६. क्यान्सर परिक्षण शिविर सञ्चालन ।
आम्दा नेपालले गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण परियोजना मार्फत वि.सं. २०८१।०२।०५ गते वडा नं. ३ स्थित त्रिपुरा विद्यालय, बालुवा परिक्षण शिविर सम्पन्न भएको छ ।
७. नियमित साप्ताहिक बैठक ।
वि. सं. २०८१।०२।०७ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. |
कामको विवरण |
जिम्मेवारी र समयतालिका |
१ |
ढाँचा र मापदण्डः
आम्दा नेपालका प्रशासनिक काममा प्रयोग हुने कागजातको ढाँचा तयार गर्ने र अध्यावधिक विवरण आम्दा नेपालको वेभसाइडमा राख्ने व्यवस्था गर्ने । |
कार्यक्रम
२०८१०२२५ |
ख. बैठकको निर्णय ।
क्र.सं. |
निर्णय सारांश |
जिम्मेवारी र समयतालिका |
१ |
एम्बुलेन्स दर्ताः
आम्दा नेपालले भारतिय दुवावासबाट सि.बा.म. अस्पतालमा सञ्चालनका लागी प्राप्त गरेको एम्बुलेन्स लुम्विनी प्रदेशमा दर्ता व्यवस्था गरिदिन यातायात व्यवस्था कार्यालयमा अनुरोध गर्ने । |
प्रशासन
२०८१०२१० |
घन्यबाद !